Shittalpati
आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जेष्ठ नागरिकको सम्मान, अधिकार र सामाजिक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघले सन् १९९० मा अक्टोबर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका रूपमा मनाउने निर्णय गरेपछि हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै आएको छ । जेष्ठ नागरिकको योगदानको सम्मान गर्दै उनीहरूका अधिकार, स्वास्थ्य, सामाजिक सुरक्षा तथा मर्यादित जीवनका विषयमा ध्यानाकर्षण गराउनु दिवसको मुख्य उद्देश्य हो । नेपालमा पनि दिवसका अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्थानीय तह र ज्येष्ठ नागरिकसम्बन्धी संघसंस्थाले जनचेतनामूलक कार्यक्रम, सम्मान तथा अन्तरक्रिया आयोजना गर्दै आएका छन् । बढ्दो उमेरसँगै जेष्ठ नागरिकले स्वास्थ्य सेवा, आर्थिक सुरक्षा, पारिवारिक हेरचाह तथा सामाजिक सहभागिताका क्षेत्रमा विभिन्न चुनौती सामना गर्नुपर्ने अवस्था रहेको छ । उनीहरूको अनुभव, ज्ञान र सीपलाई समाजको विकासमा उपयोग गर्दै सम्मानजनक र सुरक्षित जीवन सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाले जोड दिँदै आएका छन् । जेष्ठ नागरिकलाई परिवार र समाजको बोझका रूपमा नभई अनुभव र ज्ञानका महत्वपूर्ण स्रोतका रूपमा हेर्नुपर्ने आवश्यकता रहेको छ । उनीहरूको सामाजिक सुरक्षा, स्वास्थ्य उपचारमा पहुँच, उचित हेरचाह र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्न राज्य, परिवार र समुदायको संयुक्त भूमिका आवश्यक देखिन्छ । यस वर्षको दिवसले पनि जेष्ठ नागरिकप्रति सम्मान र सद्भाव अभिवृद्धि गर्दै उनीहरूको अधिकार र मर्यादित जीवन सुनिश्चित गर्न सबै पक्षलाई थप जिम्मेवार बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो केही वर्षदेखि जेष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गए पनि समाजमा जेष्ठ नागरिकलाई अपमान गर्ने घट्ना भने बढिरहेका छन् । जेष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आर्थिक बेवास्ता, यौनजन्य दुव्र्यवहार, बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य हुनु प्रमुख समस्याका रूपमा देखिएको छ । सरकारले २०५१ सालदेखि मासिक जेष्ठ नागरिक भत्ता दिर्दै आएको छ । जेष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा जेष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ । तर सहज रुपमा कार्यान्वयन हुन सकिरहेको छैन् । सरकार स्वयंले जेष्ठ नागरिकलाई दिइएका सुविधा र सुरक्षा पर्याप्त छैन ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update