Shittalpati
गीत : दुविधामा तिमी 

पदम न्यौपाने 

प्रेमको उज्यालो तिमी,
आशा पनि तिमी, 
निराशा पनि तिमी
तिरस्कारको अँध्यारो पनि तिमी ।
मन मिल्ने मधुर स्वर तिमी,
विवादको कठोर स्वर पनि तिमी ।

तिमी नै सुरुवात, तिमी नै अन्त्य,
जीवनको कथा तिमीमै गन्तब्य ।
तिमी नै आँसु, तिमी नै हाँसो,
तिमी नै मेरो मनको बास ।
वन्डिंग पनि तिमी,

फरक सोंच र मन पनि तिमी ।
विचार मिल्ने पुल तिमी,
विचार नमिल्ने दूरी पनि तिमी ।
दुःखको गहिरो खाल्डो तिमी,
हिम्मतको उचाइ पनि तिमी ।
लक्ष्यको सपना पनि तिमी,
असम्भव कल्पना पनि तिमी ।
तिमी नै सुरुवात, तिमी नै अन्त्य,
जीवनको कथा तिमीनै गन्तब्य ।
तिमी नै आँसु, तिमी नै हाँसो,
तिमी नै मेरो मनको बास हो ।
क्रोधको ज्वाला तिमी,
शान्तिको शीतलता पनि तिमी ।
मेरो चिन्ता नगर भन्ने तिमी,
तर रिस किन भन्ने प्रश्न पनि तिमी ।
किन टाढा भन्ने तिमी,

किन नजिक भन्ने पनि तिमी ।
तिमी नै सुरुवात, तिमी नै अन्त्य,
हृदयको कथा तिमी नै गन्तब्य ।
तिमी नै आँसु, तिमी नै हाँसो,
तिमी नै मेरो जीवनको बास हो ।
“तिमी नै सुरुवात, तिमी नै अन्त्य जीवनको कथा तिमी मै रम्छ !
 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update