Shittalpati
आज सूर्यको विशेष पूजा गरिदैं

पाल्पा, आज रवि सप्तमीको अवसरमा देशभर श्रद्धालुहरूले सूर्यको विशेष पूजा–आराधना गर्दै सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गर्दै छन् । धार्मिक विश्वासअनुसार सूर्यलाई सम्पूर्ण जीवजगतको जीवनदाता, ऊर्जा र प्रकाशको स्रोत मानिने भएकाले यस दिन विशेष रूपमा अघ्र्य अर्पण गरी उपासना गर्ने परम्परा रहेको छ । 

धार्मिक ग्रन्थहरूका अनुसार सूर्यको प्रभाव पृथ्वी तथा सम्पूर्ण जीवमा विभिन्न रूपमा विद्यमान रहेको विश्वास छ । वैज्ञानिक दृष्टिकोणले पनि सूर्य पृथ्वीमा जीवन सम्भव बनाउने प्रमुख ऊर्जा स्रोत भएकाले यसको महत्व विशेष रहेको बताइन्छ । धार्मिक मान्यताअनुसार प्रातःकाल सूर्यलाई ब्रह्म, मध्यान्हमा महादेव र सन्ध्याकालमा विष्णुको स्वरूप मानी पूजा गरिन्छ । सूर्य उपासनाका क्रममा धाता, अर्यमा, मित्र, वरुण, इन्द्र, विवस्वान, पूषा, पर्जन्य, अंशुमान, भग, त्वष्टा र विष्णु गरी १२ स्वरूपको आव्हान गर्ने परम्परा रहेको छ । धार्मिक विश्वासअनुसार श्रद्धापूर्वक सूर्यको उपासना गर्दा विद्या, बुद्धि र तेजमा वृद्धि हुने, ग्रहदोष तथा सूर्यजन्य पीडा कम हुने र सूर्यनारायणको शुभ आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । त्यसैले रवि सप्तमीलाई सूर्य उपासनाको विशेष पर्वका रूपमा श्रद्धापूर्वक मनाउने परम्परा रहँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update