Shittalpati
पाल्पामा थप दुई जनामा कोरोना पुष्टि

पाल्पा । जिल्लामा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । बुधबार भैरहवा स्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा तानसेनका दुई जना पुरुषमा संक्रमण देखिएको हो । भारतबाट आएर तानसेन नगरपालिका वडा नं.१२ को आमडाँडा सामुदायिक भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २ जनामा संक्रमण देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झपेन्द्र न्यौपानेले बताए । ७ जनाको स्वाव परीक्षण गरेकोमा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरुको अवस्था सामन्य रहेको छ । योसँगै तानसेनमा संक्रमितको संख्या ११ पुगेको छ ।

जिल्लामा दिनहुँ संक्रमितको संख्या थपिदै गएको छ । अहिलेसम्म जिल्लामा संक्रमितको संख्या ५ सय १६ पुगेको छ । यस अघि रम्भा गाउँपालिकामा ३९, रैनादेवी छहरा गाउँपालिकामा ३३ जना, पूर्वखोलामा १ सय ५९,रामपुरमा संख्या १ सय १२ , रिब्दीकोटमा ५, निस्दी गाउँपालिकामा ९५,तिनाउ गाउँपालिकामा ४, बगनासकालीमा २८, माथागढी २७, उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमित मध्ये पूर्वखोलाका एक जनाको उपचारको क्रममा मत्यु भएको थियो । १८ जना निको भई घर फर्किसकेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update