पाल्पामा डुबेर भारतीय नागरिकको मृत्यु
पाल्पा,जिल्लाको तिनाउ गाउँपालिका –३ स्थित तिनाउ खोला ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ । साथीहरुसँग घुम्न आएका भारतको उत्तर प्रदेश सिद्दार्थनगर जिल्ला नौगढ गाउँ जगदीसपुरका २२ वर्षीय सौरब रस्तौगीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
उनी पौडी खेल्ने क्रममा गत बुधबार डुबेर बेपत्ता भएका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले खोजतलास गर्दा आज विहान खोलामा ढुङ्गाको खोँचमा अड्किएको अवस्थामा उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए । उनका अनुसार रस्तौगीको घटनास्थलबाट ५० मिटर दक्षिणतर्फ शव फेला परेको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३
प्रतिक्रिया दिनुहोस्


