Shittalpati
राष्ट्रिय याक दिवसको सन्दर्भ 

‘राष्ट्रिय याक दिवस’ आज देशभ र मनाइँदै छ । नेपाल सरका र मन्त्रिपरिषद्को २०८१ सालको आश्विन २ गतेको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख ७ गतेलाई  राष्ट्रिय याक दिवसको रूपमा मनाउने घोषणा गरिएको थियो । याक दिवसलाई  राष्ट्रिय दिवसको रूपमा मनाउने कार्य प्रारम्भ गर्ने नेपाल विश्वमै पहिलो मुलुक हो । यस दिवसको मुख्य उद्देश्य याकको जैविक, आर्थिक  र सामाजिक महत्वलाई उजागर गर्दै यसको संरक्षण, प्रजनन सुधार तथा हिमाली क्षेत्रका समुदायहरूको समृद्धिमा याकको योगदानलाई प्रवद्र्धन गर्नु हो ।

प्रकृतिको अनुपम उपहार याकचौँरी हिमाली जनजीवनको अभिन्न अंग हुन् । भौगोलिक विकटता, मौसमी प्रतिकुलता  र आहाराको चरम अभाव जस्ता विषम प िरस्थितीमा समेत उत्पादन दिन सक्ने विशेष गुण भएका याक चौँ रीसामाजिक, आर्थिक, सांस्कृतिक  र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण छन् । याकचौँरी हिमाली क्षेत्रका बहुउपयोगी घ रपालुवा जनाव र हुन्। नाक र चौरीको दूध  र दूधबाट बन्ने उत्पादनहरु जस्तैः घिऊ, चीज, छुर्पी, छेना तथा यीनको छालाबाट बन्ने दोक्चा, ज्याकेट, जुत्ता, पेटी, म्याट एवम्  रौंबाट तयार गरिने चमर, स्विट र, मोजा जस्ता उत्पादनहरु हिमाली क्षेत्रका बासिन्दाको जीवनशैलीसँग जोडिएका छन् । नाक चीज अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त छ  र सोको निर्यात बर्षेनि बढ्दो क्रममा  रहेको पाइन्छ । याक  र झोप्क्योहरु सामान ढुवानी एवम् खेतबा री ज्योत्ने काममा प्रयोग गरिन्छ ।

त्यसैगरी पर्यटन प्रवर्धनमा समेत याक चौँरीको विशेष महत्व  रहेको पाइन्छ । हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको जीविकोपार्जन, खाद्य तथा पोषण सुरक्षा, आयआर्जन, प्राङ्गगारिक पदार्थ एवं वाताव रणीय सन्तुलनमा याकचौँरीको महत्वपूर्ण योगदान  रहेको छ । तर पछिल्लो समय याकचौरी पालन व्यवसाय वर्षेनी घट्दो क्रममा  रहेको छ । यो अत्यन्त दुखद् हो । हाल नेपालका २९ जिल्लामा करिब ५३ हजा रको संख्यामा याकचौँरी पालन भएको देखिन्छ । विगत २० बर्ष अघिको तथ्याङ्कसंग तुलना गर्दा हाल याकचौँरीको संख्या आधाले घटेको देखिन्छ । जलवायु परिवर्तनका तापक्रम बढ्दा याकको प्रजनन्मा असर पर्नु,  रोगको जोखिम बढ्नु, चरन क्षेत्र घट्नु, मौसमी चक्र अस्तव्यस्त हुनु जस्ता कारणले याकचौरी पालना घट्दै गएको हो । याकलाई अनुकुल वातावरण बनाउन सक्ने हो भने यसको व्यवसायिक पालन फस्टाउने थियो । तसर्थ सरकारले याक संरक्षण  र व्यवसायिक रणमा ध्यान दिन जरुरी छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ७, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update