Shittalpati
होटल पौवाले देशभरका शाखामा ‘३ दिने निःशुल्क स्वाद उत्सव सञ्चालन गर्ने

पाल्पा, नेपाली आतिथ्य सत्कारको क्षेत्रमा मौलिक पहिचान बनाउन सफल होटल पौवा प्रालि स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ ।  गौरवमय यात्राको एक दशक पुरा भएको अवसरमा पौवा ग्रुपले देशभरका सबै शाखाहरूमा ग्राहकहरुको लागि  निःशुल्क ‘स्वाद उत्सव आयोजना गर्न लागेको छ । स्वाद उत्सवमा सहभागी गराउन ४० हजार ग्राहकलाई निमन्त्रणा कार्ड वितरण गरेको  होटल पौवाले जनाएको छ ।

होटल पौवा तानसेन पाल्पाले होटल परिसरमै पत्रकार सम्मेलन गरेर आफ्नो दशौ वार्षिकोत्सवलाई भव्य बनाउन आगामी चैत २६, २७ र २८ गते तीन दिने विशेष कार्यक्रम तय गरेको शाखा प्रवन्धक यदु भट्टराईले जानकारी दिए । तीन दिन सम्म ग्राहकहरुले ‘स्वाद उत्सवमा नेपाली रैथाने स्वाद र विशेष परिकारहरूको अनुभव लिन पाउने छन् । पौवाका देशभरका २० वटै शाखाहरूमा एकैसाथ यो उत्सव सञ्चालन हुने शाखा प्रवन्धक भट्टराईले बताए । होटल पौवाले तयार गरेको  विशेष ६ प्रकारको परिकारहरु मध्ये ग्राहकको  रोजाईमा भएका परिकारहरुलाई आगामी दिनमा होटलको मेनुमा राखिने तानसेन शाखाका फुड एण्ड वेवरेज म्यानेजर अर्जुन ढकालले बताए ।

पाल्पामा बढी भन्दा बढी ग्राहकहरुलाई रैथाने स्वाद चखाउन जिल्लाभरी ६ हजार भन्दा बढी ग्राहकहरुलाई निमन्त्रणा कार्ड पठाएको  पौवा पाल्पाकी लेखा प्रमुख सञ्जु कार्कीले बताईन् । धैरै भन्दा धेरै पाहुनाहरुलाई फरक स्वादमा रैथाने स्वाद चखाउने गरी होटल पौवा तयारीमा जुटेको पत्रकार सम्मेलनमा प्रमुख सेफ नारायण पोखरेलले बताए । होटल पौवा पाल्पाले स्वाद मात्र चखाउने मात्र होईन, सामाजिक उत्तरदायित्व अन्तरगत कर्मचारी, लगानीकर्ताले संयुक्त  चैत्र २५ गते रक्रदान कार्यक्रम गर्ने शाखाकी हाउस किपिङ्ख म्यानेजर रमा नेपालले बताईन्  ।

 रूपन्देहीको सालझण्डीबाट एउटा सानो घरको सातवटा कोठाबाट सुरु भएको पौवाको यात्रा  देशका विभिन्न स्थानमा २० वटा शाखाहरूसम्म विस्तार भइसकेको छ ।  जहाँबाट नेपाली आतिथ्यको सुरुवात हुन्छ भन्ने मूल नारा बोकेको पौवा ग्रुपले नेपाली भाषा, कला, संस्कृति र विशेषगरी स्थानीय खानाको संरक्षण र प्रवद्र्धनलाई आफ्नो मुख्य उद्देश्य बनाउँदै आएको छ । छोटो अवधिमै नेपाली आतिथ्य क्षेत्रमा पौवाले छुट्टै र प्रतिष्ठित पहिचान स्थापित गर्न सफल भएको छ । होटल पौवाको २० वटा शाखा मार्फत करीव १ हजार भन्दा बढीले स्वदेशमै रोजगारी पाएका छन् । वार्षिकोत्सवकै अवसर पारेर चैत २८ गते पौवाको भैरहवा शाखामा ‘बतायौँ बालपन’ अवधारणामा आधारित  रहेर २ सय ५० भन्दा बढी लगानीकर्ताको सहभागितामा लगानी सम्मेलन आयोजना गर्दैछ । सम्मेलनमा कम्पनीको भावी रणनीति र होटल विस्तार योजनाबारे घनीभूत छलफल हुने छ । कम्पनीले आगामी लक्ष्यको रूपमा ‘मिसन १००’ अघि सारेको छ । होटल पौवाले शाखाको संख्या बढाउनु मात्र नभई व्यवस्थापन क्षमता, ब्रान्डको विश्वसनीयता र संस्थागत परिपक्वताको जगमा गुणस्तर, प्रणाली र प्रविधिलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्‍याउन लागि परेको जनाएको छ । नेपाली हस्पिटालिटी ब्रान्डलाई विश्वस्तरमा चिनाउने लक्ष्यसहित होटल पौवाले काम गर्दै आएको जनाएको छ ।  

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update