Shittalpati
पाल्पामा आजदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइँदै 

पाल्पा, जिल्लाका बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सबल बनाउने उद्देश्यले आजदेखि विशेष  आर्युवेदिक ‘स्वर्णबिन्दु प्राशन’ अभियान सञ्चालन गरिने भएको छ ।  पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालन हुने यस अभियानमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन गराउन लागिएको हो । 

आयुर्वेद शास्त्रमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि वर्णन गरिएका १६ संस्कारमध्ये ‘प्राशन’ एक महत्वपूर्ण विधि हो । स्वर्णबिन्दु प्राशन शुद्ध सुनको भष्मलाई मह, घिउ र विभिन्न मेध्य औषधिहरू (जस्तैः वच, ब्राह्मी आजदेखि पाल्पामा बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराइँदै मी, शंखपुष्पी) को सम्मिश्रणबाट तयार पारिन्छ । आयुर्वेदमा स्वर्णबिन्दु प्राशनलाई बालबालिकाका लागि एक शक्तिशाली औषधी  मानिन्छ ।  यसको नियमित सेवनले बालबालिकामा रोगसँग लड्ने  प्रतिरोधात्मक क्षमता बढाउने, मस्तिष्कको विकास बढाउने,  स्मरण शक्ति बढाउने  र बालबालिकाको शारीरिक र मानसिक विकासका लागि एक सुरक्षा कवच भएकोले अनिवार्य रुपमा एक बर्ष देखी पाँच बर्ष भित्रका बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन खुवाउन पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकी चिकित्सक डा.हौसला धितालले बताईन् । यसको सेवनले पाचन प्रणालीलाई सुदृढ बनाउनुका साथै बालबालिकामा हुने मौसमी सङ्क्रमण र भाइरल ज्वरो जस्ता समस्याबाट जोगाउन मद्दत गर्ने डा. धितालले बताईन् । स्वर्ण विन्दु प्राशन अभयानलाई जिल्लाभर प्रभावकारी रूपमा लैजान व्यापक तयारी भइरहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद बस्यालले  जानकारी दिए ।  स्वर्णबिन्दु प्राशनको पूर्ण लाभ लिनका लागि कम्तीमा ३० डोज मात्रा सम्म सेवन गर्नु स्वास्थ्यको दृष्टिकोणले अझ बढी प्रभावकारी र लाभदायी हुने कार्यालय प्रमुख बस्यालले बताए ।

चैत्र १४ गते देखी आर्युवेदिक स्वास्थ्य केन्द्र तानसेनमा स्वर्णविन्दु प्राशन नियमित रुपमा असार मसान्त सम्म खुवाईने कार्यालय प्रमुख बस्यालले बताए ।  यो अभियानलाई समुदायको तल्लो तहसम्म पु¥याउन आफु जस्ता जनप्रतिनिधीहरुको पूर्ण सहयोग समन्वय रहने जिल्ला समन्वय समितिकी उप प्रमुख काशिका गैरेले बताईन् । यो अभियानले पाल्पाका हजारौँ बालबालिकालाई प्रत्यक्ष लाभ पु¥याउने र आयुर्वेदिक चिकित्साप्रति जनविश्वास अझ प्रगाढ बनाउने केन्द्रकी व्यबस्थापन समितिकी अध्यक्ष मञ्जु ढुङ्गाना अर्यालले बताईन् । स्वर्णविन्दु प्राशन अभियानलाई  प्रभावकारिता बनाउन केन्द्रले स्थानीय महिला स्वयमसेविका, विद्यालयका शिक्षक, तानसेन नगरपालिका, वडा कार्यालयहरु, टोल विकास संस्थाहरुसँग छलफल गरेको छ ।  


 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update