Shittalpati
भूकम्प सुरक्षा दिवसको सन्दर्भ

२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

सरकारले २० वर्ष अघि देखि हरेक वर्ष मनाउँदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस काठमाडौं उपत्यका र केही शहरहरुमा मात्र सीमिति थियो तर वि.सं. २०७२ को भूकम्प पश्चात यो दिवस हरेक जिल्लाको सदरमुकाममा विभिन्न गतिविधिहरु गरेर मनाउन थालिएको छ । ०७२ साल वैशाखमा गएको विनासकारी भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणको क्रम अहिले पनि जारी रहेको सन्दर्भमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको आफ्नै महत्व छ । भूकम्पबाट हुने क्षति तथा क्षतिबाट बच्ने उपायबारे व्यापक जनचेतना अभिवृद्धि गराउनु र भूकम्पको क्षति पछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने विश्वास जनतालाई दिलाउन सके मात्र भूकम्प सुरक्षा दिवसको सार्थकता रहन्छ । तर, २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा यी दुवै कुराको सार्थकता देखिएन । कयौं पटकसम्म राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाई सकिएपछि ०७२ साल वैशाखमा विनासकारी भूकम्पमा गएको थियो । उक्त भूकम्पमा करिब ९ हजारको मृत्यु भएको र २२ हजार घाइते भएको सरकारी तथ्यांक छ ।

भूकम्प सुरक्षा दिवसको सार्थकता दुईवटा हिसाबले हुन्छ । पहिलो हो, भूकम्पबाट हुने क्षति तथा क्षतिबाट बच्ने उपायबारे व्यापक जनचेतना अभिवृद्धि गराउनु । दोस्रो हो, भूकम्पको क्षति पछिको पुनर्निर्माणमा सरकार सक्षम छ भन्ने विश्वास जनतालाई दिलाउनु । तर, २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै गर्दा यी दुवै कुराको सार्थकता देखिएन । सरकारले वर्षेनी माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउने गरे पनि उपलब्धि भने खासै हुन सकेन । दिवसलाई औपचारिकतामा नै सीमित गर्दा र योजनाहरुको प्रभावकारी अनुगमन नहुदाँ भूकम्प सुरक्षा दिवसले सार्थकता पाउन सकेको छैन । तसर्थ यसतर्फ सबैको ध्यान जान जरुरी छ ।

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update