पाल्पा, एनसेलले जेनजी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । एनसेलले विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्न कम्पनीको यो प्याक ल्याएको हो ।
सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम अर्थात् प्याक लिएर यसको फाइदा लिन सक्छन् । शनिबारबाट सञ्चालनमा आएको यो प्याकको मूल्य करसहित मात्र २९९ मूल्य तोकिएको छ । प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध छन् ।
यी सबै सेवा सुविधा २८ दिनका लागि मान्य रहन्छन् । यसका साथै, ग्राहकले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्नेछन् । यसअन्तर्गत प्रतिमिनेट मात्र १ रुपैयाँमा कल गर्न सकिन्छ । त्यसैगरी २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
आकर्षक सेवा सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैं कनेक्टेड रहन सहयोग पु¥याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ प्रदान पनि गर्दछ जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यसले युवाहरुलाई सामाजिक सञ्जालको वृत्तमा सधैं अपडेटेड रहन सहयोग पु¥याउँछ । युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्न पर्दछ ।


-1762576335.jpg)