पाल्पा,(रामपुर), जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि तयारी थालेको छ । २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारी गरेको नगरपालिकाले तयारी तिव्र पारेको हो ।
घोषणाका लागि आवश्यक सुचक पुरा गर्न तिव्रताका साथ काम भई रहेको नगरपालिकाका नगर प्रमुख रमण थापाले जानकारी दिए । नगरपालिकाले १० वटै वडाका विभिन्न टोलमा एक सय १२ वटा बाल क्लव ,वडा र नगरस्तरीय बाल सञ्जाल गठनको काम सकिएको नगर प्रमुख थापाले बताए । सूचक अनुसार बालबालिकाको क्षमता विकासका लागि अभिमुखिकरण, विकास सम्बन्धी सचेतना जस्ता महत्वपूर्ण कार्य सकिएको नगरपालिकाले जनाएको छ । साथै बालबालिकाको हक अधिकार कहीँ कतै हनन् भएमा वा शोषणमा परेमा बाल क्लवमा आवद्ध बालबालिकाले तत्काल सुचना गरी रोक्नुपर्ने जस्ता अगुवाईका काममा बालक्लवहरु लागि परेका छन् । गाउँटोलमा बालविवाह, बाल हिंसा, बाल श्रम शोषण, विद्यालय शिक्षाबाट बञ्चित भएको देखिएमा स्थानीय सरकारलाई खवर गनु समेत वालक्लवका सदस्यहरुले थालिसकेका छन् ।
स्थानीय बालक्लवका सदस्य सुमित्रा बर्मेलीले बालबालिकाको सुरक्षित भविष्यका लागि वडा संधै साथमा रहेको बताउँदै अब बालअधिकारकाका क्षेत्रमा रामपुर अब्वल नगरपालिका बन्ने धारणा व्यक्त गरिन् । रामपुर नगरपालिकाका बाल कल्याण अधिकारी पुजा परियारले बालक्लवको दर्ता प्रक्रिया, विधान निर्माण, काम कर्तव्य र अधिकार लगायतका विषयमा जानकारी दिदै रामपुर नगरपालिका वडा सबै वडामा बालमैत्री शासनका लागि अभ्यास शुरु भएको बताइन् ।


-1762576335.jpg)