Shittalpati
उड्डयन क्षेत्र सुधार गरौं 

झण्डै एक दशकअघिदेखि नेपाली हवाई क्षेत्रको सुरक्षा सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरबाटै विभिन्न प्रश्न उठ्दै आएको छ । यातायातका दृष्टिले हवाई उडानलाई सुरक्षित मानिए पनि बर्सेनि विमान दुर्घटनाको क्रम नरोकिनुले नेपाली आकाश असुरक्षित रहेको हो कि भन्ने आशंका सर्वत्र उत्पन्न हुने गरेको छ ।

विश्वमा सर्वाधिक विमान दुर्घटना हुने देशमध्ये नेपाल पनि एक हो । स्थानीय मौसमको अवस्था पूर्वानुमान गर्ने परिपाटीको अभाव, छोटा रनवे र न्याभिगेशनका लागि पर्याप्त प्रविधि नहुँदा दुर्घटना हुने गरेको हो । त्यति मात्र होइन कमजोर नियमन, व्यापारिक दवाब, चालक दलका सदस्यहरूले निर्धारण गरिएको नियमको पालना नगर्दा पनि दुर्घटना दोहोरिने गरेका छन् । घटनाहरु दोहोरिन नदिनका लागि उड्डन तथा हवाइ सुरक्षालाई सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । यसका लागि स्तरीय हवाइ सेवाका लागि चाहिने भौतिक पूर्वाधार, विमानस्थलहरुको स्तरोन्नति, हवाई नियम र अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिनुपर्छ । नेपालमा भएका पटक पटकका ठूला विमान दुर्घटनाले नेपालीहरुमा ठूलो चोट दिएको छ । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न जरुरी छ । अझै पनि नेपाली आकाशमा सिङ्गल इन्जिन सहितका जहाजहरू यात्रुसहित उडाइँदै छन् यसलाई विडम्बना नै मान्नुपर्छ । उड्यन क्षेत्रलाई भरपर्दो,गुणस्तरीय र सुरक्षित बनाउन्को साथै अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र र विमानस्थलको सुरक्षा प्रदान गर्ने उद्देश्यले हरेक वर्ष डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिन्छ , आज पनि नेपालसहित विश्व भर यो दिवस मनाउन लागिएको छ । हरेक वर्ष दिवस मनाउने गरिए पनि नेपालमा हवाइ सेवालाई सुरक्षित र भरपर्दो बनाउन सकिएको छैन् । यो अत्यन्त द्खको कुरा हो । स्थानीय मौसमको अवस्था पूर्वानुमान गर्ने परिपाटीको अभाव, छोटा रनवे र न्याभिगेशनका लागि पर्याप्त प्रविधि नहुँदा दुर्घटना हुने गरेका छन् । त्यति मात्र होइन कमजोर नियमन, व्यापारिक दवाब, चालक दलका सदस्यहरूले निर्धारण गरिएको नियमको पालना नगर्दा पनि दुर्घटना दोहोरिने गरेका छन् । घटनाहरु दोहोरिन नदिनका लागि उड्डयन तथा हवाइ सुरक्षालाई सुनिश्चित गर्नु अहिलेको आवश्यकता हो । यसका लागि स्तरीय हवाइ सेवाका लागि चाहिने भौतिक पूर्वाधार, विमानस्थलहरुको स्तरोन्नति, हवाई नियम र अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिनुपर्छ । यसो गर्न सकियो भने मात्र उड्डयन क्षेत्र सुरक्षित हुन सक्छ । तसर्थ यस्ता कुरामा ध्यान दिन जरुरी छ ।


 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update