Shittalpati
गुल्मीको एक सुत्केरी महिलालाई कोरोना

रामचन्द्र रायमाझी
पाल्पा । गुल्मीको एक सुत्केरी महिलामा कोरोना पुष्टि भएको छ । पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा सुत्केरी भएकी गुल्मी दरबार गाउँपालिका –७ की २१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती सुत्केरीमा कोरोना देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले जानकारी दिए ।

सुत्केरी महिलालाई अस्पतालको प्रि–आइसोलेसनमा राखिएको छ । उनका श्रीमान् भारतबाट आएर १४ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए । श्रीमान‌को भने आरडीटी रिपोर्ट नेगेटिभ आएकाले उनलाई घर पठाइएको छ । तीन दिनकी छोरी र आमाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । ति महिलामा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँसिल गरिएको छ । उनको शनिबार कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाकाले जनाएको छ । गाउँपालिका–७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिक रुपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको छ । ती महिलालाई आरडिटी पोजेटिभ देखिएपछि गत साता आइतबार लुम्बिनी मेडिकल कलेज प्रभास ल्याइएको थियो ।

प्रकाशित मिति: आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update