Shittalpati
श्रीनगर सहकारीको अध्यक्षमा पुनः गहिरे 

पाल्पा, तानसेनमा सञ्चालित श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः झपेन्द्र गहिरेलाई चयन गरेको छ ।   सहकारीको शनिबार तानसेनमा भएको आठौ अधिवेशनले गहिरेलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्षमा विश्वराज रेग्मीे, सचिवमा भरत शर्मा, कोषाध्यक्षमा बेदराम श्रीस र सह–सचिवमा कोशलराज घिमिरेलाई चयन गरेको छ । यसैगरी सदस्यमा मेघराज शर्मा, माधव प्रसाद अर्याल, राजेन्द्र लिगल, मीना जि.सी., केशवराज पौडेल र गोविन्द प्रसाद भट्टराई रहेका छन् । अधिवेशनले सल्लाहकार समितिको संयोजकमा पूर्वअध्यक्ष अशोक कुमार शाही र लेखा समितिको संयोजकमा जयराम सुवेदी, सदस्यमा उषा श्रेष्ठ र सन्तोष नेपाललाई चयन गरेको छ । संस्थाका सल्लाहकार बुद्धीप्रसाद शर्माको संयोजकत्वमा पूर्वअध्यक्ष अशोककुमार शाही र गमला रावल सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो । 

यसअघि २५ औ साधरणसभा तथा छैठौ अधिवेशनको पूर्वअध्यक्ष तथा सल्लाहकार संयोजक अशोककुमार शाहीले उद्घाटन गर्दै थोरै थोरै बचत गरेर उनीहरुको आर्थिक अवस्था बलियो बनाउन  सहकारी प्रमुख आधार भएको बताउनुभयो । श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले समाजमा उदाहरणीय काम गरेको बताउँदै ढुक्क भएर कारोबार गर्न आग्रह गर्नुभयो । 
कार्यक्रममा अध्यक्ष झपेन्द्र गहिरेले आफ्नो मन्तव्य राख्दै भवन निर्माणको कामलाई अघि बढाउन प्रतिवद्धता जनाउनुभयो । सचिव भरत शर्माले सचिवको प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १४७७ जना शेयर सदस्य रहेको र ५ लाख ८७ हजार नाफा कमाउन सफल भएको बताउनुभयो । संस्थाले आगामी दिनमा शेयर सदस्य तथा बचतकर्ताको हितमा काम गर्ने सचिव शर्माले प्रतिवद्धता जनाउनुभयो ।  

कार्यक्रममा संस्थाका कोषाध्यक्ष वेदराम श्रीसले १४ करोड ३६ लाख ७४ हजार बराबरको आयव्यय विविरण प्रस्तुत गर्नुभयो । उहाँले आगामी दिनमा लेखा परीक्षकको सुझाव अनुसार नै सहकारीलाई अघि बढाउनमा ध्यान दिइने बताउनुभयो ।  लेखा समितिका संयोजक मधुकर काफ्लेले बार्षिक आर्थिक कारोवारको  समिक्षा गर्दै आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा बारेमा जानकारी गराउनुभयो । साधारणसभामा संस्थापक अध्यक्ष माधव ज्ञवालीलाई विशेष सम्मान गरेको छ भने उत्कृष्ट बचतकर्ता नारायण घिमिरे र ऋण लगानीतर्फ चुरामणी पोखरेललाई संस्थाले सम्मान गरेको छ । संस्थामा अपांगता भएकाहरु बचतकर्ता र शेयर सदस्यहरु रहेकाले सहकारीमा पुर्याएको योगदानको कदर गर्दै सन्दीप भट्टराई, प्रेम बहादुर राना, तुल्सी कुमारी राउन, स्नेहा राना, सुन्दरी गौतमलाई पनि नगदसहित सम्मान गरिएको छ । संस्थाले २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने बचतकर्ता शेयर सदस्यहरु इमन राना, कपिल सारु, ईशा बस्याल, वर्षा कुँवर, अनुष्का सुवेदी, मनोज खातीलाई  सम्मान गरेको छ । यसैगरी संस्थाले उत्कृष्ट कर्मचारीमा बजार प्रतिनिधि विमला थापा र मैना देवकोटालाई सम्मान गरेको छ । संस्थाका अध्यक्ष झपेन्द्र गहिरेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष विश्वराज रेग्मीले स्वागत र सचिव भरत शर्माको संचालनमा चलेको थियो । 
तस्विर पनि छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update