काठमाडौं (एजेन्सी) । मिस युनिभर्स नेपाल २०२० को आरम्भ भएको छ । म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालिन फ्रान्चाइजी रहेको रियालिटी सो तीन वर्ष अघिदेखि शुरु भएको हो । मिस युनिभर्स नेपाल २०१७ नग्मा श्रेष्ठले स्थापना गरेकी हुन् भने सीजी कर्पोरेसन ग्लोवल सहसंस्थापक रहेको छ । यसले पत्रकार सम्मेलन गरी पहिलो अलइन एप ‘ब्युटी पेजेन्ट’ मिस युनिभर्स नेपाल २०२० को सार्वजनिक समेत गरेको छ । कोभिड—१९ महामारीको समयमा प्रतिस्पर्धी र फ्यानहरुको सुरक्षा, सौन्दर्यलाई लोकतान्त्रिकरण— जहाँ रहे पनि जस्तो आर्थिक अवस्थाका भएपनि नेपाली मन भएका युवाहरुलाई प्रतिस्पर्धा गराउँदै केहिका लागि लाभबाट धेरैका लागि अवसरको रुपमा सहभागीहरुलाई प्रतियोगितामा रुपान्तरण गर्ने प्रतियोगिताको मूल सार रहेको छ ।
संस्थापक नग्मा श्रेष्ठ भन्छिन्, ‘मेरा नजरमा नेपाली महिलाहरु शाहसी, बोल्ड र सुन्दर छन् । मैले ७ वर्षको उमेरदेखि नै सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सपना देखेकी थिए । मलाई लस भेगसमामिस युनिभर्स पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा निकै गर्व लागेको थियो । आज, म मिस युनिभर्स नेपालको राष्ट्रिय निर्देशक भएकी छु । सपनाहरु साकार हुन सक्छन् । र, म के सुनिश्चित गर्न चाहन्छु भने सबै युवा नेपाली महिलाहरुसँग मैले पाएँजति समान अवसर छ, जित वा पराजित जे भएपनि त्यसले हामीलाई आफु र आफुले प्रतिनिधित्व गरेको देशप्रति गर्वान्भित महशुस गराउँदछ ।’ सीजी कर्पोरेसन ग्लोवलका प्रबन्ध निर्देशक तथा प्रमुखकार्यकारी अधिकृत राहुल चौधरीले देशका गौरव शालीन ागरिकको रुपमा सीजी कर्पोरेसन ग्लोवलका चार पुस्ताहरु नेपाललाई विश्वमा पुर्याउने दर्शनबाट निर्देशत रहेको बताए ।
उनले भने ‘अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरु मध्यकै इच्छित सौन्दर्य उपाधी भएकाले यसले महिला सशक्तिकरणको प्रतिक गर्दै मानवीय मुद्दाहरुको वकालत गर्दछ ।’ यस वर्षको प्रतियोगितालाई कार्यान्वयन गर्न नग्माले विज्ञहरुको वल्र्ड—क्लास टिम ल्याएकी छिन् । कार्यक्रममा सीजी कर्पोरेसन ग्लोवलका डिजिटल कार्यक्रममा सीजीकर्पोरेसन ग्लोबलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी र मिस युनिभर्स संगठनका अग्रणी दिग्गज तथा नग्माको नेपाली महिला सशक्तिकरणका लागि शाहसी, बोल्ड र सुन्दर दर्शनका समर्थक मिस युनिभर्स जोजीबीनी टुन्जी, मनिता देवकोटा, गायिका इन्दिरा जोशी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममाम नेपालकी क्रिएटिभ डिरेक्टर सुश्री अनुशा पीटरसनले मिस युनिभर्स नेपाल एपको पहल बारेमा जानकारी गराएकी थिइन् । थुप्रै सुपरस्टार प्रतिस्पर्धी विजेताहरु पछाडीका कोच श्री जोनस गाफुडको पनि उपस्थित थियो । प्रेस सम्मेलन सुश्री प्रेस्का उदासले सञ्चालन गरेकी थिइन् ।