Shittalpati
तानसेनमा निःशुःल्क मुटु परीक्षण तथा सचेतना

पाल्पा, जिल्लाको तानसेनमा निःशुल्क मुटु परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ । तानसेन नगरपालिका–२ वडा कार्यालयको मुख्य आयोजना, नेपाल ह्दयरोग निवारण प्रतिष्ठान पाल्पाको आयोजनामा तानसेनस्थित अमरनारायण फुलबारीमा मुटु परीक्षणसँगै सचेतना कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मुटु, रक्तचाप, मुटुको धड्कन, रक्त परीक्षण, इसीजी, इकोलगायत निःशुल्करूपमा औषधी वितरणसमेत गरिएको थियो । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभासका विशेषज्ञ डाक्टरहरूले मुटुको निःशुल्क परीक्षण गरेका थिए । जहाँ ३०९ जनाले मुटुले परीक्षण गराए ।

कार्यक्रमको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख श्रेष्ठले पछिल्लो समय अधिकांस मानिसहरुमा मुटु सम्बन्धी समस्या देखिदै गएकाले परीक्षण र सचेतनाका कार्यक्रमहरु आवश्यक रहेको औल्याए । उनले भने “आर्थिक अभावका कारण अधिकांस नागरिकहरु मुटु सम्बन्धी समस्या हुँदा हुँदै पनि उपचारको पहुँचमा आाउन सकेका छैनन् । यस्ता नागरिकहरुका लागि यी यस्ता कार्यक्रम महत्वपूर्ण हुने गर्दछ ।” नगर प्रमुख श्रेष्ठले नगरपालिकाले स्वास्थ्यलाई समेत प्राथमिकतामा राखेर काम गर्दैै आएको बताए । 

तानसेन– २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठले विपन्न वर्गका नागरिकहरुको स्वास्थ्य चेक जाँच गर्नुको साथै उनीहरुलाई मुटु रोग सम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताए । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभासको प्राविधिक सहयोग, नेपाल औषधि व्यवसायी संघ पाल्पा, नारायण युवा क्लव र अमरनारायण फुलबारी कभर्डहलको सहयोगमा मुटुको निःशुल्क परीक्षण तथा सचेतना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष समीरमान सिंहको अध्यक्षता, सुशिल प्रधानको सञ्चानमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update