Shittalpati
रामपुर, रम्भा र तिनाउको प्राथमिकता कृषि, पर्यटन र पूर्वाधार

पाल्पा, जिल्लाका तीन वटा स्थानीय तहले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । यहाँका रामपुर नगरपालिका, रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेका हुन् ।

रामपुर नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि, उद्योग, पर्यटन क्षेत्रको विकास, गुणस्तरीय पूर्वाधार निर्माण, सामाजिक विकास, रोजगारीलाई प्राथमिकता राखेको छ । नगर प्रमुख रमणबहादुर थापाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरवासीको सर्वा·ीण विकाससँगै समृद्धि सुशासन सेवा प्रवाहका साथ तिव्र विकासको संकल्प सहित नीति तथा कार्यक्रम ल्याइएको बताए । उनले उत्पादन वृद्धिका लागि ‘कृषि उत्पादकत्व वृद्धि : रामपुरको समृद्धि’को नारा अघि सारिएको बताए । बालीवस्तुको उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको योजना अघि सारिएको, फलफूलका विरुवा उत्पादन गरी सामुहिक तथा नीजि बंगैचा विकास गरिने थापाले बताए । सिंचाईलाई व्यवस्थित गर्न कृषकका गरा सबै हराभरा भन्ने अभियानलाई पनि अघि सारिएको उनको भनाई छ । 

निस्दीखोला लगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति नगरको छ । नगरले पर्यटन प्रवद्र्धनका लागि रामपुरको पहिचान राम सर्किटको अभियानको नारालाई अघि बढाएको छ । कालीगण्डकी डाईभर्सन आयोजनाले नगरपालिकाको प्राकृतिक धार्मिक, सामाजिक र आर्थिक अस्तित्व माथि प्रतिकुल असर पार्ने भएकाले यसलाई रोक्नका लागि नदी संरक्षणका लागि आवश्यक पहल गरिने नगर प्रमुख थापाले बताए ।साथै रोजगारी सिर्जनाका लागि मिसन रोजगारी : दिगो रोजगारी र उद्यमशीलता प्रवद्र्धन अभियान सञ्चालन गरिने उनले उल्लेख गरे । बसाई सराईलाई निरुत्साहित गर्न घनाबस्ती र सहरउन्मुख क्षेत्रमा वस्ती विकासका कार्यक्रम सञ्चालन गर्ने, होमस्टे सञ्चालनलाई प्रवद्र्धन गर्ने नीति लिएको छ । नगर सभाको १७ औं अधिवेशनमा विनियोजन विद्येयक र आर्थिक विद्येयक प्रस्तुत गर्दै उपप्रमुख बालकुमारी थापाले ८२ करोड १८ लाख ६६ हजार ६ सय २१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरिन् । उनले बजेटमा संघीय समानिकरण अनुदानबाट १२ करोड २२ लाख, संघीय राजस्व बाँडफाँडबाट १० करोड ६३ लाख ९८ हजार ६ सय २१, संघीय समपुरक पुँजीगत ९१ लख संघीय विशेष अनुदान ७५ लाख संघीय सशर्त चालुतर्फ ३५ करोड ११ लाख, संघीय सशर्त चालुतर्फ २ करोड ८ लाख, प्रदेश समानिकरण अनुदान ८३ लाख २३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट १ करोड २९ लाख ३७ हजार, प्रदेश समपुरक १ करोड २० लाख, प्रदेश शसर्त चालुतर्फ १५ लाख ८ हजार र पूँजीगततर्फ ३ करोड र आन्तरिक स्रोत अल्यासहित १४ करोड जुटाउने अनुमान गरिएको उल्लेख गरिन् । यस्तै रम्भा गाउँपालिकाले पनि नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । गाउँसभाको १७ औं अधिवेशनको पहिलो बैठकमा अध्यक्ष विष्णुप्रसाद भण्डारीले रम्भा गाउँपालिकाको शान, सुखी रम्भावासी, समृद्ध रम्भा हाम्रो अभियान भन्ने नाराका साथ कृषि, पर्यटनलाई प्राथमिकता दिएका हुन् । गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि तथा पशुपालनलाई आर्थिक विकासको मेरुदण्डको रूपमा लिनुका साथै उत्पादन वृद्धि, बजारीकरण, सहुलियत कर्जा, प्राविधिक सेवा, जैविक मल उत्पादनदेखि लिएर भूमि बैंक स्थापनासम्मका कार्यक्रम समावेश गरिएको छ ।

पर्यटनको क्षेत्रमा रिमिघा र रम्भादेवी मन्दिरलाई मुख्य पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने, उत्तर गण्डकी महामेला महोत्सव आयोजना गर्ने पनि उल्लेख छ । यस्तै तिनाउ गाउँपालिकाले पनि कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएको छ । ‘कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार र पर्यटनः समृद्ध तिनाउको मूल आधार’ भन्ने नाराका साथ गाउँपालिकाले समावेशी, आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ नीति तथा कार्यक्रम तयार गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । कृषि तथा पशुपालनमा व्यावसायिकता ल्याउन ५० प्रतिशत अनुदानमा आधुनिक उपकरण वितरण, एक वडा एक पकेट क्षेत्र विकास, गाई–भैंसी तथा बाख्रापालन, मौरी पालन, गड्यौली मल उत्पादन, तरकारी तथा फलफूल खेतीलाई प्रवद्र्धन कार्यक्रम गरिने कार्यक्रममा उल्लेख छ । यस्तैगरी जन्तील· र मरामकोटमा होमस्टे प्रवद्र्धन, मगर संग्रहालयको व्यवस्थापन, एक वडा एक महोत्सव, पर्यटन नक्सा निर्माणजस्ता कार्यक्रम अघि बढाइने कार्यक्रम पनि नीतिमा ल्याइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update