Shittalpati
आज विश्व एकल महिला दिवस

पाल्पा, आज एकल महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँंदैंछ । दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् । 

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो । लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिलालाई एकल महिला भनि उल्लेख गरेको छ । यद्यपि एकल महिलाका पक्षमा केही कामै नभएको चाहिँ होइन । संयुक्त राष्ट्र संघले एकल महिलालाई समाजमाविभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि सशक्त गराउनुपर्नेमाजोड दिँदै आएको छ । सरकारी सेवामा रहेका पतिको मृत्यु भएमा निजको निवृत्तिभरण, बिमा तथा अन्य क्षतिपूर्ति र पतिका नाममा रहेको सम्पत्ति पाउने, पतिबाट सम्बन्धविच्छेद हुनुपर्ने अवस्था आएमा पनि महिलाले अंश लिई अलग हुन पाउने र स्वेच्छामा विवाह गर्न पाउने अधिकार कानुनले दिएको छ । तथापि, कानुनको प्रभावकारी कार्यान्वयनमा सरकार सचेत भइरहनुपर्छ । एकल महिलाप्रति समाजमा विद्यमान कुरीतिको अन्त्य, विभेदपूर्ण व्यवहार, संस्कार जरैदेखि उन्मूलन हुनुपर्छ । धार्मिक, सांस्कृतिक, आर्थिक, सामाजिक, राजनीतिक दृष्टिले कोही एकल महिला पीडित बनिरहेकै छन् भने त्यस्तो अवस्थाको अन्त्यका लागि सरकार कठोर बन्नुपर्छ । यति हुन सके साँचो अर्थमा एकल महिलाको सम्मान हुन सक्छ ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update