
पाल्पा, जिल्लाको तानसेन नगरपालिका–५ कैलाशनगरमा योग शिविर सञ्चालन गरिएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति र हंसयोग आश्रम रुपन्देहीले योग शिविर सञ्चालन गरेका हुन् ।
शिविरको एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल मानव धर्म सेवा समिति लुम्बिनी प्रदेशका प्रमुख मात्मा अमृता बाहिजीले उद्घाटन गरेकी थिइन् । शिविरको उद्घाटन गर्दै उनले योग भनेको आत्मा, परमात्माको सम्बन्ध र मनलाई शुद्ध बनाउने एउटा प्रयास रहेको बताइन् । उनले वर्तमान समयमा योग हरेक मानवका लागि आवश्यक रहेकाले नियमित योग र साधना गर्न सहभागीहरुलाई आग्रह समेत गरिन् । शिविरमा कपालभाती, अनुलोम विलोम, भ्रामरी, शीतलीलगाएतका अभ्यासका साथै त्रिकोणासन, ताडासन, वज्रासन लगायतका जीवनोपयोगी आसनको प्रशिक्षणका साथै भावपूर्ण प्रार्थनाको समेत अभ्यास गराइएको थियो । शिविरमा विश्व शान्ति तथा आध्यात्ममिक विज्ञान समाज नेपाल तथा राधाकृष्ण योग साधना केन्द्र लुम्बिनी प्रदेशका प्रमुख अमुल्यमान थैवले शिरदेखि पाउसम्म शरिर झुकाउने, दुवै नलि र मुटुका धड्कनहरुलाई सफा राख्नका लागि श्वास तान्ने, हाँस्ने , मन्त्र पढ्ने र भूमि,ऋििष, पितृ परमात्मा र गुरु सम्झेर योग गर्ने तरिका, मुख देउती प्रणायम, हुकु प्रणायम , भ्ररामणी प्रणायम, काखी प्रणायम गर्ने तरिका, मुख पेट र दिमागको लागि अनुनयम,विनयम प्रणायम गर्ने,मुल मन्त्र प्रणायम गर्ने र अन्तिममा पाठ पढ्ने तरिका सिकाएका थिए । उनले योगले शरिर स्वस्थ राख्ने मात्र नभएर मन मस्तिष्क र शरिरका हरेक अड्ढलाई स्वस्थ राख्न सकिने बताए ।
प्रशिक्षक थैवले भने “योगले मानिसको स्मरण शक्ति बढाउने र रोगसँग लड्नको लागि मद्धत पुर्याउने भएकाले हरेक मानिसले योग गर्न आवश्यक रहेको छ ।” कार्यक्रममा नेपाल धर्म सेवा समिति पाल्पा शाखा प्रमुख यमश्वरी राना, नेपाल मानव धर्म सेवा समिति लुम्बिनी प्रदेशका पूर्व सल्लाहाकार श्ररन प्रसाद पौडेल, सदस्य मात्मा गोवद्र्धन बाहिजी लगायतले शिविरको सफलताको कामना गरेका थिए । विश्व शान्ति तथा आध्यात्ममिक विज्ञान समाज नेपाल तथा राधाकृष्ण योग साधना केन्द्र लुम्बिनी प्रदेश प्रमुख अमुल्यमान थैवको अध्यक्षता, नेपाल मानव धर्म सेवा समितिका सचिव भिम गुरु·को सञ्चालनमा कार्यक्रम भएको थियो । शिविरमा ३० जनाको सहभागिता रहेको थियो ।