गुल्मी । गण्डकी विकास बैंक लिमिटेड गुल्मी शाखाले जिल्लाको एक विद्यालयलाई भौतिक सामग्री सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास माध्यमिक विद्यालयलाई स्टिल दराज दुई थान सहयोग गरेको हो ।
फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयका लागि आवश्यक भौतिक सामग्री सहयोग गरेको बैंकले जनाएको छ । बैंकका शाखा प्रवन्धक कालिदास पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सुनार, विद्यालयका प्रधानध्यापक पिड्ढी घिमिरे भुसाललाई संयुक्त रुपमा फर्निचर सामग्री हस्तातरण गरेका हुन् । संस्थागत सामाजिक उत्तर दायित्व बहन गर्र्दै फरक क्षमताका विद्यार्थी (वहिरा तथा सुस्त मनस्थिती) ले अध्ययन गर्ने विद्यालयलाई फर्निचर सामग्री सहयोग गरेको बैंकका शाखा प्रमुख पाण्डेले बताए । उनले भने ‘विषम परिस्थितीमा कोरोना भाइरस (कोभिड–१९) को प्रभाव रहेता पनि विद्यालयमा फरक क्षमता भएका विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गरी सामग्री सहयोग गरेका हौं ।’ सामाजिक क्षेत्रमा यस्तै आवश्यकताहरुको पहिचान गरी समाजका लागि केही न केही योगदान पुर्याउन बैंक सधैँ तयार रहेको प्रवन्धक पाण्डेले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सुनार, विद्यालयका प्रधानाध्यापक पिड्ढी घिमिरे भुसालले बैंकले विद्यालयमा अध्ययनरत फरक क्षमता भएका, आर्थिक रुपमा विपन्न गरिब, जेहेन्दार, बेसाहरा, दलित विद्यार्थीहरुलाई संस्थागत दायित्ववोध गर्दै फर्निचर वितरण गरेकोमा धन्यवाद दिए ।
–पत्रकार अनिल खत्रीबाट