Shittalpati
तानसेनमा जनप्रतिनिधि र काँग्रेसबिच अन्तरक्र्रिया

पाल्पा, जिल्लाको तानसेनमा जनप्रतिनिधि र काँग्रेसबिच अन्तरक्र्रिया कार्यक्रम भएको छ । नेपाली काँग्रेस जिल्ला विकास शाखाको आयोजनामा शनिबार कार्यक्रम भएको हो । कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधि, काँग्रेसका वडातहदेखि जिल्ला तहका नेतृत्वसँग विकासका विषयमा व्यापक छलफल भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले विकास निर्माणमा स्थानीय तहका जनप्रतिनिधि र पार्टी बिचको सम्बन्धका विषयमा सहजीकरण गरेका थिए । उनले प्रतिनिधिमूलक रुपमा काँग्रेसका वडा सभापति, वडाबाट निर्वाचित महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्य, वडा अध्यक्ष, पालिका अध्यक्ष तथा प्रमुख, उपाध्यक्ष तथा उपप्रमुख, पार्टीका क्षेत्रिय सभापति, प्रदेश सभाका उम्मेदवार, प्रतिनिधि सभाका उम्मेदवार, जिल्ला सभापति, उपसभापति लगायतका नेता तथा जनप्रतिनिधिहरुका अनुभव, कार्यसम्पादन गर्दा आइपरेका समस्या, पदीय जिम्मेवारीमा रहँदा प्राप्त सन्तुष्टि र असन्तुष्टिका विषयमा धारणा प्रस्तुत गर्न लगाएका थिए । कार्यक्रममा पार्टीका नेता र जनप्रतिनिधिहरुले पार्टी र जनप्रतिनिधिहरुबिच विकास निर्माणका काममा सहकार्य र समन्वयन हुन नसकेको गुनासो गरेका गरेका थिए । प्रमुख अतिथि आचार्यले काँग्रेसको अबको भिजन भनेको लोकतन्त्रको संस्थागत र विकास रहेको बताए । उनले विकास निर्माणका लागि पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबिच सहकार्य र समन्वय गरेर जाने गरी केन्द्रमा स्थानीय तह समन्वय विभाग गठन गरिएको बताए । विभाग प्रमुख आचार्यले देशैभर स्थानीय जनप्रतिनिधिहरुसँग बसेर विकासका विषयमा छलफल र अन्तक्र्रिया कार्यक्रम गर्दै हिडेको उल्लेख गरे । 

उनले पार्टीमा देखिएका केही समस्याहरु अब महाधिवेशनबाट समाधान हुने बताए । आचार्यले काँग्रेस कानुनी र चरित्रको राजनीतिमा विश्वास गर्ने समेत उल्लेख गरे । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले विकास र रोजगार काँग्रेसको मिसन भएको बताए । उनले काँग्रेसले स्थानीय तहका जनप्रतिनिधिहरुसँग सहकार्य गरी विकास र रोजगारका कार्यक्रमहरुलाई अगाडि बढाउने उल्लेख गरे । नेपाली काँग्रेसका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेश सांसद विरबहादुर रानाले उर्जावान समयलाई सदुपयोग गरी पार्टी निर्माण र विकासमा खर्चिन सबैलाई आग्रह गरे । उनले अरुको आलोचना गर्नु भन्दा पनि इमान्दारका साथ आफ्नो जिम्मेवारिप्रति सर्मपित हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापतिहरु झपेन्द्र गहिरे, ज्ञानबहादुर गाहा, काँग्रेस क्षेत्र नं . २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, तानसेन नगर सभापति सुवर्णमुनी शाक्य, काँग्रेस नेताहरु माधव नेपाल, लक्ष्मी अधिकारी, मालती पौड्याल, चिरञ्जीवी सिक्देल, दीपक थापा, ओमप्रसाद पोखरेल, टेकबहादुर राना, गिरीबहादुर लम्काहा, जनप्रतिनिधिहरु रमणबहादुर थापा, बालकुकारी थापा, यादवसिं कार्की, किशोर काफ्ले, लालबहादुर थापा, हरी थापा क्षेत्री, माया नेपाली, रञ्जना खनाल लगायतले आ–आफ्ना अनुभव र कार्यसम्पादनमा भोग्नु परेका समस्याका बारेमा जानकारी गराएका थिए । नेपाली काँग्रेस जिल्ला विकास शाखाका संयोजक विधान श्रेष्ठको अध्यक्षता, काँग्रेस लुम्बिनी प्रदेशका सदस्य सन्दीप रानाको स्वागत, पदमराज न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update