Shittalpati
सांसद रानाले गरे क्वारेन्टाइनको अनुगमन

पाल्पा । पाँच नम्बर प्रदेशका प्रदेशसभा सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरबहादुर रानाले क्वारेन्टाइनको अनुगमन गरेका छन् । सांसद रानाले जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा रहेका विभिन्न क्वारेन्टाइनको अनुगमन गरेका हुन् । रैनादेवी छहराको भुवनपोखरीमा सबै भन्दा धेरै भारतबाट फर्केका नागरिक छन् ।

सांसद रानाले भुवनपोखरीको रैनादेवी मावि क्वारेन्टिन गोखुङ्गा, जोगवाणी मावि, जनजागृति आधारभूत विद्यालय पेलावास लगायतका स्थानमा पुगेर क्वारेन्टाइनको अवस्थाका विषयमा जानकारी लिएका छन् । रैनादेवीमा ६७ जना, जोगवानीमा १३ जना, जनजागृतिमा ४५ जना क्वारेन्टाइनमा बसेका छन् । यसैगरी रैनादेवीछहराको महाकाली मावि छहरा क्वारेन्टाइनमा अवस्थाबारे छलफल गरेका थिए । सांसद रानाले क्वारेन्टाइनमा स्वास्थ्य सामग्री, बाल्टिन लगायतका सामग्री राख्नका लागि आग्रह गरे ।

रैनादेवी छहरा सरकारले भिटिएम खरिद गरेर भएपनि पिसिआर प्रविधिबाट परीक्षण गर्न सुझाव दिए । रैनादेवी माविमा बाल्टिनका साथै महिला तथा बालबालिकाका लागि हर्लिक्स व्यवस्थान गर्न आग्रह गरेका बताए । उनले वडा अध्यक्ष, गाउँपालिकाले यस विषयमा गम्भीर भएर नागरिकलाई खुसी साथ राख्नुपर्नेमा जोड दिएका छन् । रैनादेवी छहराका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीलाई क्वारेन्टाइनका विषयमा समेत सांसद रानाले जानकारी गराए । उनले तत्काल सुधार्नका लागि आग्रह गरेको र प्रमुख प्रशासकीय अधिकृत खत्रीले तत्काल सुधार गर्ने बताए । सांसद रानासँगै नेपाली कांग्रेसका उपसभापति देवराज ढकाल, सचिव झपेन्द्र गहिरे, नेपाली काँग्रेस रैनादेवी छहराका सहसंयोजक रुक्मागत भट्टराई लगायतको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update