Shittalpati
विकास र शान्तिको लागि खेलकुदको भूमिका

खेलकुदले सामाजिक परिवर्तन, समुदायको विकास र सबैमा शान्ति र समझदारीको भावना उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको हुन्छ । त्यही योगदानको सम्मान गर्दै हरेक वर्षको अप्रिल ६ तारीखको दिन अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।

खेलकुद एउटा विश्वब्यापी भाषा हो, यो समाजमा हुने गरेको सबै किसिमको भेदभावबाट मुक्त हुन्छ । खेलकुदले युवा महिला र पुरुष जनसङ्ख्या, व्यक्तित्व र समुदायहरूको साथसाथै स्वास्थ्य, शिक्षा र सामाजिक उद्देश्यहरूको सशक्ततालाई प्रोत्साहन पनि गर्दछ । खेलकुदका माध्यमबाट विश्वभर शान्ति, विकास, गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि विश्वभर यो दिवस मनाउन थालिएको हो । खेलकुदले सामाजिक विकास तथा शान्तिको लागि ठूलो भूमिका खेल्दछ । सामाजिक नीति नियम लागु गर्न तथा परिवर्तनको लागि खेलकुद छुटाउन नमिल्ने क्षेत्र हो । किनभने खेलकुदले सबैलाई एकजुट बनाउन सक्नुका साथै आत्मबल, नेतृत्व क्षमता र काम गर्न सक्ने क्षमता बढाउँछ । विश्वस्तरका खेलहरु जस्तै ओलम्पिक्स, फिफा विश्वकप, आईसीसी विश्वका क्रिकेट आदिले राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सम्बन्धहरु स्थापित गरेका छन् । अन्तरदेशीय भाईचारालाई बढावा दिएको छ । युद्ध, प्राकृतिक प्रकोप आदिबाट लागेका चोटमा मलहमको काम पनि खेलकुदले नै गरेका थुप्रै उदाहरणहरु पाइन्छ । सद्भाव र शान्ति बनाईराख्न, सबै संस्कृति र भोगौलिक विविधताधारी खेलाडी र दर्शकहरुलाई एउटै मैदानमा उपस्थित गराउन प्रेरित गर्ने भनेकै खेलकुदले नै हो । खेलकुद सबैबीचको आत्मीयता र एक्यबद्धतालाई उजागर गर्ने थलो हो भन्दा कुनै दुई मत नहोला । खेलकुदले सबै उमेरसमूहका मानिसहरुलाई शारिरिक शिक्षाको बारेमा ज्ञान दिएर खेल खेल्न उत्प्रेरित गर्छ । जहाँ खेलकुद हुन्छ त्यहाँ विकास हुन्छ । जसले नागरिकको ब्यक्तित्व विकास मात्र नभएर सामाजिक, भौतिक र आर्थिक विकासमा टेवा पु¥याउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।  खेलकुदले विकास गर्छ र विकासले आर्थिक सम्मुन्नति अग्रसर गराउँछ, देश समृद्धि भए शान्ति र नयाँ रोजगारी सिर्जना हुन्छ ।  तसर्थ विकास र शान्तिको लागि  खेलकुद क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसको विकासको लागि सरकार, निजि क्षेत्रहरु र सबैजनाले हातेमालो गर्न जरुरी छ ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update