Shittalpati
तीन लाख घुससहित वडा अध्यक्ष पक्राउ

पाल्पा । तीन लाख रुपैयाँ घुस सहित एक वडा अध्यक्ष पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका हुन् ।

विहान रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार कार्यालय रुपन्देहीले जनाएको छ । काठको काम गर्ने एक ब्यवसायीसँग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । पक्राउ परेका पुन नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन् । उनको थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update