-1740207371.jpg)
पाल्पा, लुम्बिनी प्रदेश सरकारको वित्तिय प्रगतिमा स्वास्थ्य मन्त्रालय पहिलो भएको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षामा चालु आर्थिक वर्षको फागुन ३ गतेसम्मको तथ्याड्ढअनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तिय खर्च गरेर पहिलो बनेको हो ।
अर्धवार्षिक समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनमा प्रदेशका १६ वटा कार्यालय मध्ये स्वास्थ्य मन्त्रालय प्रथम भएको पाइएको छ । स्वास्थ्य मन्त्रालयले ५१ दमलव ११ प्रतिशत बजेट खर्च गरेको छ । जसमा ३६ दशमलव ०९ प्रतिशत चालु र ६९ दशमलव ६७ प्रतिशत पुँजिगत खर्च रहेको छ । स्वास्थ्यमन्त्री खेम बहादुर सारुले मन्त्रालयले योजनामा विनियोजन गरेका बजेटको कार्यान्वयनका लागि मन्त्रालयले तदारुकताका साथ काम गरिरहेको बताए । मन्त्री सारुले निर्धारित योजना कार्यान्वयन गरि नागरिकले महशुस गर्ने गरि नतिजामुखी कामलाई मन्त्रालयले प्राथमिकता दिएको उल्लेख गरे । त्यस्तै प्रदेश लोक सेवा आयोगले ४७ दशमलव १३, प्रदेश सभाले ४० दशमलव ८७, स्थानीय तह निकासामा ३४ दशमलव ३८, आर्थिक मामिला तथा योजना मन्त्रालयले ३२ दशमलव ९३, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले २४ दशमलव १०, सशरी विकास तथा खानेपानी मन्त्रालयले २४ दशमलव ०० र वन तथा वातावरण मन्त्रालयले २२ दशमलव ८४ प्रतिशत खर्च गरेको छ त्यस्तै प्रदेश योजना आयोगले २० दशमलव ६१, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले १९ दशमलव ९६, भौतिक पुर्वाधार विकास मन्त्रालयले १९ दशमलव ५८, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १४ दशमलव ६४, सामाजिक विकास मन्त्रालयले १४ दशमलव ३६, उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले १२ दशमलव ५१, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६ दशमलव १३ र महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयले १ दशमलव ०४ प्रतिशत खर्च गरेको छ ।