Shittalpati
हत्या गरेको अभियोगमा एक युुवक पक्राउ

 

रूपन्देही, हत्या गरेको अभियोगमा रुपन्देहीमा एक युुवक पक्राउ परेका छन् । जिल्लाको सियारी गाउँपालिका–७ हिरागंजस्थित न्यू कामना ईटा उद्योगमा काम गरी बस्ने भारत गोरखपुर जगल–६ घर भएका ४० वर्षीय निष्ठुरी केवटको हत्या गरेको अभियोगमा युुवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा  सियारी गाउँपालिका–६ वर्दहवा बस्ने २४ वर्षीय कृष्ण केवट रहेका  छन् । प्रहरीले उनलाई  बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । उनीहरू बीच एकआपसमा झै–झगडा भई कुटपिट हुँदा गम्भीर घाइते भएका निष्ठुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update