पाल्पा, देशका विभिन्न स्थानामा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटामा तीन जनाको मृत्युुुभएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुुसार कपिलवस्तु र चितवनका विभिन्न स्थानमा भएका सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–११ देउपारस्थित सडकमा मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुुई जनाको मृत्युु भएको छ । युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल र लु.१० प ४४९६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा युपी ५५ एएच ७०९० नम्बरको मोटरसाइकल चालक शुद्धोधन गाउँपालिका–१ बस्ने ३५ वर्षीय नेहामन अली र लु.१० प ४४९६ नम्बरको मोटरसाइकल चालक रूपन्देही सैनामैना नगरपालिका–४ बस्ने २७ वर्षीय रोमन थारूको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका नेहमानको मेडिकल कलेज भैरहवा रूपन्देहीमा र रोमनको लुम्बिनी सिटी अस्पताल बुटवल रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । दर्घटनामा घाइते भएका लु.१० प ४४९६ नम्बरको मोटरसाइकलमा सवार १ जनाको युनाईटेड अस्पताल ठाकुरापुरमा उपचार भइरहेको छ ।
यस्तै चितवनको भरतपुर महानगरपालिका–४ अध्यचोकस्थित सडकमा बोलेरो र मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । ना.५ च ९४८ नम्बरको बोलेरो र ना.४९ प २९३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक गोरखा शहिद लखन गाउँपालिका–३ मनकामना बस्ने ५८ वर्षीय यमबहादुर आलेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।