हरेक समस्याको समाधान पनि हामीसँगै छ । मुलुकमा देखिएका केही समस्याहरुका कारण हरेक कोणबाट अब मुलुक समस्यै समस्याको जडसूत्रमा झाँंगियो भन्नेहरुले पनि धेरै भनि रहेका कारण समस्या थपिएको हो भन्ने हाम्रो आरोप हो । समस्या कहाँ छैनन् ? फरक तौर तरिकाबाट उत्पन्न हुने र हामीसंग भएका समस्याहरु अरुका तुलनामा फरक भएका कारण पनि हामीलाई समस्या समाधानका उपाय खोजी गर्ने कुरामा ध्यान नगएको हो ।
जहाँ समस्या त्यहाँ उपाय, अर्थात जहाँ समस्या त्यही समाधान पनि पाईन्छन्,खोज्न र निकासको बाटो पहिल्याउँन सक्नुपर्ने बेला आएको छ । बिहान देखि साझ सम्म समस्यै समस्याको बोझलाई जताततै पोख्दै हिड्ने अनि, समाधान नखोज्ने भए पछि, समस्यै समस्याले जेली रहने बाहेक केही पनि हुन सक्दैन् । बिषेश गरेर राजनैतिक रुपमा देखा परेका समस्याहरुको समाधान खोज्ना साथ प्रायः सबै समस्याहरु समाधानका बाटाहरु खुल्दै जाने क्रम शुरु हुन्छन् । खाली भाषण र गोष्ठी अनि अनावश्यक दौडधुपले मात्र समस्या समाधान हुदैनन् । इच्छा शक्तिको प्रचुरता र इमानको रजगज नभएका कारण राजनीतिले नयाँ दीशानिर्देश गर्ने कार्य जुन रुपमा गर्नुपर्ने हो, त्यो रुपमा नगर्दा सम्म केही कुनै पनि समस्याको हल निस्कन समय लाग्छ । त्यस कारण हाम्रो जस्तो सानो मुलुकमा देखा परेका बिविध समस्याहरुको पहिचान र समाधानका बिषयमा हामी सबै गम्भीर हुनुपर्ने अवस्था छ, अहिले ।राजनैतिक वृतमा देखिएका बिभिन्न काण्डै काण्डका कारण पनि समस्याहरु उब्जिएका हुन भन्ने कुराको अनुभूति नभए सम्म राजनैतिक स्थिरता सम्भव छैन र सो नभए सम्म मुलुकका कुनै पनि समस्याहरुको समाधान सम्भव छैन । अति रन्जित राजनैतिक चरित्र, अनि आवश्यकता भन्दा बढी माग भएका स्वार्थी जनताका अगाडी राम्रो र असल अनि त्यागी नेता पाउँनु पनि गाह्रो छ । त्यस कारण जनताको प्रतिबिम्वबाटैै मुलुकका राजनेता र स्थिर राजनैतिक अवस्थाको परिकल्पना गर्न सकिन्छ । अन्यथा खाली बोली र भाषणले मात्रै केही पनि हुन सक्दैन र मुलुकमा विद्धमान समस्याहरुको समाधान पनि खोज्न सकिदैन भन्ने कुरा नेता, कार्याकर्ता, कर्मचारी, समाजसेवी, व्यवसायी र सर्वसाधारणलाई चेतना भयो ।