Shittalpati
पाल्पा–काठमाडौंका लागि  दिवाकालीन सोफासिटे बस सञ्चालनमा 

पाल्पा,यातायात क्षेत्रका नयाँ–नयाँ सवारी साधन भित्रिएको समयमा पौष २५ गतेबाट पाल्पा देखी काठमाडौं जाने आउने यात्रुहरुको लागि सोफा सिटे रानीमहल बस सेवा शुरु भएको छ । पश्चिम नेपाल बस व्यबसायी  प्रा.लिले विहीबारदेखि  सोफासिटे आरामदायी बस सेवा शुरु गरेको हो ।

 २९ सिट क्षमता रहेको सोफासिटे बसमा एसि, हिटर, प्रत्येक यात्रुहरुको लागि अलग–अलग पंखा, मोवाइल चार्ज गर्ने विद्युतीय प्लग, पानी राख्ने स्थान, वाईफाईको सुविधा, सुरक्षाको लापग सिसी क्यामेरा, जिपिएस ट्रयाकिङ्खको सुविधा रहेको पश्चिम नेपाल बस व्यबसायी पाल्पाका शाखा प्रमुख डोलराज भट्टराईले बताए । पाल्पाबाट रात्रीकालीन यातायाताको लागि मात्र सञ्चालन भएको सोफासिटे बस पाल्पाली यात्रुहरुको माग अनुसार दिवा सेवामा पनि रानीमहलको नामबाट दैनिक रुपमा सञ्चालन गरिएको शाखा प्रमुख भट्टराईले बताए । सोफासिटे बस तानसेन विशाल बजारबाट विहान ६.३० बजे र काठमाडौं बसपार्क बाट विहान ६ : ४५ बाट छुट्ने भट्टराईले बताए । यात्रुको माग अनुसार अन्य स्थानमा पनि स्तरीय बस सेवा सञ्चालन गर्दै आएको उनले बताए । 
    

यात्रुहरुको चाहाना र माग अनुसार सुविधा सम्पन्न यातायात सेवा प्रदान गर्नको लागि जोखिम मोलेर भएपनि एउटा बसको लागि ८० लाख गानी गरेको बस सञ्चालक इन्द्रमणी भट्टराईले बताए । अहिले ३ वटा सोफासिटै माराइकल एसी बस निर्माण पुरा गरी सडकमा गुडाउँदा सम्म २ करोड ४० लाख खर्च भएको उनले बताए । यातायात क्षेत्रमा लगानी गर्ने, सके कमाउने, नत्र सेवा दिने उद्देश्यले नै ठुलोमात्रामा यात्रुवाहक सवारी साधानमा  जोखिम मोलेरै लगानी गरेको उनले बताए । समयमा यात्रुहरु लाई  सुरक्षित साथ  गन्तव्यमा पुर्‍याउने, बाटोघाटोमा यात्रुहरुलाई राम्रो ठाउँमा खाना खुवाउने, समय समयमा यात्रुहरुको माग अनुसार ठाउँ ठाउँमा दिशा पिसावको व्यबस्थ मिलाएको उनले जानकारी दिए ।  

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update