Shittalpati
प्रेस सेन्टर पाल्पाको अधिवेशन : अध्यक्षमा दर्नाल

पाल्पा, प्रेस सेन्टर नेपाल पाल्पा शाखाको अधिवेशन तानसेनमा भएको छ । एक भव्य समारोहकाबिच शाखाको छैठौं जिल्ला अधिवेशन भएको हो ।

अधिवेशनले कृष्ण दर्नालको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । लामो समयदेखि पत्रकारिता पेशामा सक्रिय दर्नाललाई अधिवेशनले अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।  जसको उपाध्यक्षमा डोलराज विक र महिला उपाध्यक्षमा संगीता आचार्य, सचिवमा कमल अधिकारी, सह–सचिवमा सुजन भुषाल र रीतु कामु, कोषाध्यक्षमा गंगा सुयाल मगर चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा विष्णु कोइराला, शिव पोखरेल, ऋषिराम अर्याल, भोजबहादुर चिदी, माधवराज पन्त, प्रेमा राना, सुनिता खाम्चा, रोहिन सेञ्चुरी, सुमना नेपाली र रेजिना सोमै चयन भएको सेन्टरले जनाएको छ ।

अधिवेशनको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज नेत्र पाण्डेयले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै नेता पाण्डेयले  पत्रकारहरुको हकहितमा लाग्न नेतृत्वलाई आग्रह गरेका छन् । उनले समाज रुपान्तरणका लागि पत्रकारको भूमिका महत्वपूर्ण रहेको भन्दै विकृति, विसंगतिका विरुद्ध सशक्त ढंगले कलम चलाउन सेन्टरमा आवद्ध पत्रकारहरुलाई आग्रह गरे । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह विश्वकर्माले पत्रकारिताको माध्यमबाट समाज सुधार गर्दै प्रेस सेन्टर अघि बढेको बताए । उनले हालै सम्पन्न भएको पत्रकार महासंघको निर्वाचनमा दुई ठूला संगठन मिल्दा पनि सेन्टरले १६ जिल्ला, बागमती प्रदेश र केन्द्रीय पदाधिकारीमा निर्वाचित हुनुले सेन्टरको महत्व बढेको बताए । कार्यक्रममा सेन्टरका पाल्पा इन्चार्ज जीवलाल सुवेदी, अनेम संघ क्रान्तिकारीका पाल्पा अध्यक्ष रितु श्रेष्ठलगायतले निर्वाचित नयाँ कमिटीलाई जनताको पक्षमा कलम चलाउन आग्रह गरे । 

प्रकाशित मिति: शनिबार, पुस २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update