पाल्पा, नेपाल पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले पत्रकार महासंघको गरिमालाई कायम राख्न आग्रह गरेका छन् । पत्रकार महासंघ पाल्पा शाखाको ३३ औं स्थापना दिवसमा आयोजित अन्तक्र्रिया तथा वनभोज कार्यक्रमलाई तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा सम्बोधन गर्दै शर्माले महासंघ पाल्पाको गरिमायम इतिहासलाई कायम राख्न नयाँ नेतृत्वलाई आग्रह गरेका हुन् ।
प्रमुख अतिथि समेत रहेका शर्माले हरेक सामाजिक र राजनीतिक परिर्वतनमा महासंघले महत्वपूर्ण भूमिका निर्वाह गरेको गौरवपूर्ण इतिहास रहेको भन्दै त्यसलाई कायम राख्नुु अहिलेको नेतृत्वको जिम्मेवारीमा आएको उल्लेख गरे । २०४९ मा राजनीतिक परिर्वतनपछि पत्रकारिताको विकासक्रमले गति लिँदै गर्दा पत्रकारहरू संगठित भएर महासंघ स्थापना गरिएको उनको भनाई छ । संस्थापक अध्यक्ष शर्माले भने ‘हामीले मात्र शाखालाई गौरवमय शाखाको रुपमा लिएका छैनौं, मुुलुुक भर सबैले पाल्पा गौरवमय शाखा हो भनेका छन् । ’गौरमय शाखा भएकै कारण पाल्पा देशभरबाटै उत्कृष्ट शाखाको रुपमा दुुई÷दुुई पटक पुरस्कृत हुुन समेत सफल भएको उनले बताए । सबैको योगदानका कारण महासंघको ऐतिहासिक योगदान रहेको शर्माले उल्लेख गरे । उनले शाखालाई थप गौरबमय बनाएर सबै पत्रकारहरुलाई एउटै छाताभित्र राख्न नयाँ नेतृत्वलाई आग्रह गर्दै शुुभेच्छा प्रकट गरे । महासंघका पूर्व अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी गोविन्द भट्टराईले पछिल्लो समय पत्रकारिता क्षेत्रमा थुप्रै चुनौतीहरु रहेकाले त्यसलाई सामाना गर्न पत्रकारहरुले विश्वासनिय पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले समाजको ऐनाको रुपमा पत्रकारलाई हेरिने भएकाले सोही अनुरुप काम गर्न पत्रकारहरुलाई आग्रह गरे । महासंघका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले महासंघको विगतको इतिहासलाई नविर्सन नयाँ नेतृत्वलाई आग्रह गरे । महासंघका निवर्तमान अध्यक्ष रेखीराम रानाले पत्रकारिता क्षेत्रलाई स्वच्छ र निपष्क्ष बनाएर अगाडि बढ्नुु अहिलेको आवश्यकता रहेको औल्याए । कार्यक्रममा प्रेस चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्की, नेपाल प्रेस युनियन पाल्पाकी अध्यक्ष मन गहिरे, आदीवासी जनजाती पत्रकार महासंघका नेता देव पचाभैंया लगायतले पत्रकारहरुको हकहितमा सशक्त भएर लाग्न महासंघलाई आग्रह गरे । सोही अवसरमा महासंघले मंसिर २८ गते सम्पन्न महासंघको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र सफल रुपमा सम्पन्न गराउन महत्वपूर्ण योगदान पुु¥याउने तीन जनालाई सम्मान समेत गरको छ । निर्वाचन समिति संयोजक गोविन्द भट्टराई, निर्वाचन समिति सदस्यहरु भरत आचार्य, अधिवक्ता जोगबहादुर वि.क.लाई प्रशंसा पत्रले सम्मान गरिएको हो । शाखा अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, उपाध्यक्ष मुक्ति प्रसाद न्यौपानेको स्वागत, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।