Shittalpati
अर्याललाई  ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार 

पाल्पा, पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट  अर्याल छनोट भएका हुन् । 

बैंकले कृषि क्षेत्रसँग सम्बन्धित अनुसन्धनात्मक लेख, रचना तथा खोजमूलक श्रव्य दृष्य समाचार प्रकाशित गरी पत्रकारितामार्फत व्यवसायिक कृषि उद्यमशीलता विकासमा टेवा पुर्‍याएको भन्दै अर्याललाई उक्त पत्रकारिता पुरस्कारका लागि  छनोट गरेको हो । उक्त पुरस्कारका लागि अर्यालसहित तीन जना छनोट भएका छन् । उत्कृष्ठ पुरस्कार दिन बैंकले आवेदन माग गरेको थियो । प्राप्त आवेदन मध्येबाट पाल्पाका अर्याल छनोट हुन  सफल भएका हुन् ।  अर्यालले १५ हजार रुपैयाँ सहित प्रशंसापत्रले प्राप्त गर्ने छन् ।

दुई दशक लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका अर्याल कान्तिपुर दैनिकका उपसम्पादक, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत हुन् । उनले खेलकुद पत्रकार मञ्चबाट उत्कृष्ट पत्रकारिता पुरस्कार, राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार, वातावरण मन्त्रालयबाट प्रदान गर्ने वातावरण पत्रकारिता पुरस्कार, विश्व वन्यजन्तु कोषबाट वातावरण संरक्षण पत्रकारिता पुरस्कार, जागरण राष्ट्रिय पुरस्कार, शिक्षा पत्रकार समूहका साथै नेपाल पत्रकार महासंघ पाल्पाबाट उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update