Shittalpati
गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु

गुल्मी, जिल्लाको सत्यवती गाउँपालिका वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा टिपर दुर्घटना  हुँदा चालकको मृत्यु भएको छ । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर दुर्घटना हुँदा चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको  हो ।

दुर्घटनामा घाइते कुमालको उपचारको लागि अस्पताल लगिए पनि डाक्टरबाट मृत घोषणा गरिएको  जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । टिपर दुर्घटनामा सहचालक सल्यान बनगाउँ–७ का २३ वर्षीय मोहन जैसी सामान्य घाइते भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update