Shittalpati
नेप्से र कारोबार रकम घट्यो

पाल्पा, अघिल्लो दिनको तुलनामा सोमबार नेप्से परिसूचक र कारोबार रकम दुवै घटेका छन् । उक्त दिन नेप्से १२ दशमलव ८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलव १५ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ० दशमलव ४७ प्रतिशतले कम हो । आइतबार करिब ४६ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । 

सोही दिन तीन सय १७ कम्पनीको एक करोड १५ लाख २३ हजार तीन कित्ता शेयर ६२ हजार सात सय ५८ पटक खरिदबिक्री हुँदा  पाँच अर्ब ६२ करोड ९९ लाख ४५ हजार आठ सय २२ बराबरको कारोबार भएको छ । कारोबारमा वित्त समूह शून्य दशमलव १५, लगानी शून्य दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव १४ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ शून्य दशमलव ४६, विकास बैंक शून्य दशमलव ६८, होटल तथा पर्यटन शून्य दशमलव ८३, जलविद्युत् शून्य दशमलव ५४ र जीवन बिमा समूह एक दशमलव ६७ प्रतिशतले घटेको छ । यसैगरी, लघुवित्त समूह शून्य दशमलव ६१, निर्जीवन बिमा समूह एक दशमलव १६ र व्यापार समूह एक दशमलव ३० प्रतिशतले घटेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै आठ दशमलव ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार भएको रकमका आधारमा सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३५ करोड २७ लाख २० हजार चार सय ४९ बराबरको कारोबार भएको छ । शेयर संख्याका आधारमा  सबैभन्दा धेरै आरबिबी म्युचुअल फण्ड–को पाँच लाख १७ हजार चार सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update