Shittalpati
आज रैनादेवी छहरा र रिब्दीकोटमा स्थानीय विदा 

पाल्पा, जिल्लाका दुई स्थानीय तहले आज आइतबार स्थानीय विदा दिएका छन् । यहाँका  रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले सुन्तला महोत्सव सफल पार्न भन्दै स्थानीय बिदा दिएका हुन् । 

दुई पालिकाले किसानले उत्पादन गरेका सुन्तलाको बजारिकरण, बगैंचा व्यवस्थापनमा सीप र ज्ञानको विकास गर्ने उद्देश्यले दुुई दिन सञ्चालन गर्ने महोत्सवका लागि आज स्थानीय विदा दिइएको महोत्सव मूल आयोजक समितिका संयोजक तथा रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्टराईले बताए ।  महोत्सवले सुन्तला किसानबाट उत्पादित सुन्तलाको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको उनले बताए । 

सुन्तला महोत्सवको लागि दुई गाउँपालिका भित्र रहेका कर्मचारी जनप्रतिनिधि विद्यालयका शिक्षक स्वास्थ्यकर्मी लगायत सम्पूर्णलाई  अनिवार्य उपस्थिति भएर सुन्तला महोत्सव सफल बनाउन आग्रह गर्दै एक दिन विदा गरिएको रैनादेवी छहराका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद तिमिल्सेनाले बताए ।

सुन्तला पकेट क्षेत्रका किसानलाई सुन्तलाको बजार प्रवद्र्धनमा सहयोग गर्न महोत्सव फलदायी हुने महोत्सव मूल आयोजक समितिका सह–संयोजक एवं रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । शनिबार महोत्सवको उद्घाटन गरिएको र आइतबार सांस्कृतिक कार्यक्रमसहित सुन्तला खानेप्रतियोगिता हुने रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए । उनले आगामी दिनमा जिल्लाका १० वटै स्थानीय तहको संयुुक्त आयोजना सुुन्तला महोत्सव गर्न सकिने सन्देशका रुपमा यो महोत्सवलाई लिइएको उल्लेख गरे ।  महोत्सव रैनादेवी छहरा–५, मुझुङ कटौजेपानीमा शनिबारदेखि सुरु भएको छ । दुवै स्थानीय तहले महोत्सवका लागि ५÷५ लाख बजेट विनियोजन गरेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update