Shittalpati
गुल्मीका एक जनामा पनि देखियो कोरोना संक्रमण
pancha kanya steel

पाल्पा, गुल्मीका एक जना व्यक्तिमा पनि पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहका ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलमा उपचारका लागि आएका उनमा संक्रमण देखिएको छ । उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको हो । जेठ १ गते बुटवलमा उपचारका लागि आएका उनी क्रिमसन अस्पतालको आइसीयुमा भर्ना भएको बताइएको छ । यो सँगै सोमबार प्रदेश ५ मा एकै दिन ४९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश पाँचको बाँके नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । सोमबार थप ५३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update