Shittalpati
बाँकेमा ४७ जनामा देखियो कोरोना, संक्रमितको संख्या ३५७ पुग्यो

काठमाडौँ । प्रदेश पाँचको बाँके नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको हो । प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतका अनुसार यिनमा अधिकांश भारतबाट फर्किएका नेपाली छन् ।

शनिबार २ सय ७३ जनाको स्वाब संकलन गरिएको थियो । तीमध्ये १ सय ९२ जनाको नेपालगञ्जस्थित भेरी प्रयोगशालामा भएको परीक्षणमा ४७ मा पोजिटिभ देखिएको छ । नरैनापुरको क्वारेन्टाइनमा रहेका एक २५ वर्षीय युवाको आइतबार बिहान मृत्यु भएको थियो ।

१९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको प्रदेश ५ को समाजिक विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ । उनीहरु अधिकांश भारतबाट फर्किएका हुन् । सोमबारमात्र थप ५३ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update