Shittalpati
आवत–जावतमा रोक

बुटवल । रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवत–जावतमा रोक लगाइएको छ । जोखिम बढ्दै गएपछि हुलाकी मार्गको दक्षिण भेगको आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले बुधबारदेखि लागु हुने गरी आवत–जावतमा रोक लगाएको हो ।

प्रशासनले कार्यालयबाट जारी भएको पास समेत रद्द गरेको छ । कपिलवस्तुदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका तथा समरीमाई गाउँपालिका, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिका पर्छन् । रुपन्देहीको हुलाकी सडकको दक्षिण क्षेत्रमा एउटा वडाबाट अर्को वडामा आवतजावतमा समेत रोक लगाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update