नेपाल ट्रेड युनियन काँग्रेस पाल्पाले वितरण गर्यो श्रमिकलाई राहत
पाल्पा, नेपाल ट्रेड युनियन कांग्रेस पाल्पाले १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रमिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण सरकारले जारी राखेको लकडाउनले गर्दा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका श्रमिकहरु समस्या परेकाले ट्रेड युनियनका पदाधिकारीहरुले तानसेनका १५ घरपरिवालाई खाद्यान्न वितरण गरेका छन् ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०७७
प्रतिक्रिया दिनुहोस्