Shittalpati
रामपुर उद्योग वाणिज्य संघले दियो पूर्वखोला र निस्दी सरकारलाई खाद्यान्न

इमान सिं राना

पाल्पा(रामपुर), रामपुर उद्योग वाणिज्य संघले पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ । संघले गाउँपालिका कार्यालय सम्म पुगेर २०/२० हजार रूपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो । लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारलाई संघको टोलीले निस्दी गाँउपालिकाको कार्यालय मित्याल पुगेर गाँउपालिकाका प्रमुख मुक्त बहादुर सारु र उपप्रमुख रिता कुमारी अर्याललाई ५ क्वीन्टल चामल राहत स्वरुप सहयोग हस्तान्तरण गरेको थियो । यस्तै संघले पूर्वखोला गाँउपालिाकाको कार्यालय पूर्वखोला पुगेर गाँउपालिकाका प्रमुख पशासकिय अधिकृत रुद्र बहादुर पछाई , प्रशासकिय अधिकृत हरि टण्डनलाई ५ क्वीन्टल चामल राहत स्वरुप हस्तान्तरण गरेको छ ।

राहत हस्तान्तरण गर्न संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको नेतृत्वमा वाणिज्य उपाध्यक्ष दुर्गा प्रसाद भट्टराई , उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ , महासचिव खिम बहादुर क्षेत्री र सचिव खुममाया राना सहितको टोली पुगेको थियो । यस अघि रामपुर नगरपालिकालाई नगद ५१ हजार सहयोग गरेको संघले छिमेकी पालिकाहरुलाई पनि खाद्यान्न प्रदान गरेको हो । संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाले कोरोनाले विश्वनै प्रभावित भएको समयमा छिमेकी पालिकाहरुलाई सहयोग गरिएको बताए । उनले रामपुर गण्डकी बेशी क्षेत्रको मुख्य व्यापारिक केन्द्र भएकाले आफ्ना वरपरको पालिकाहरुलाई सहयोग गर्नु उद्योगी व्यवसायीहरुको अभिभावक संस्थाको कर्तव्य भएको बताए । संघले पालिकाहरुसँग समन्वय गरी विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update