नेपाली काँग्रेसमा एउटा विधि पद्धती बसेको छ । त्यो हो आफना पार्टीका सस्थापक नेतालाई वर्षमा एक पटक स्मरण गर्ने । हो त्यही विधि पद्धति अनुरुप गत बुधबार काँग्रेसका संस्थापक नेता गणेसमान सिंहलाई सम्झियो तर काँग्रेसले गणेसमान सिंहको त्यागलाई भने बिर्सियो । हुन त वर्तमान सममा जिल्ला कार्य समितिका अभिकांश सदस्यले गणेशमान सिंहको विषयमा भने अनविज्ञ नै छन् । नेपालको राजनैतिक इतिहासमा त्यागको राजनीति समर्पणको योगदान र अतुलनिय नै रहेको छ । राणाकालीन समयमा कठोर यातना पाएका सिंह काँग्रेसका संस्थापक नेता हुन् तर उनी जीवनको अन्तिम समयमा पार्टीको साधारण सदस्य नै परित्याग गरेर स्वतन्त्र जस्तै भएका थिए । यहाँ उनै गणेशान सिंह र नेपाली काँग्रेसका विषयमा केन्द्रीत रहेर यहाँ चर्चापरिचर्चा गर्ने प्रयास गरिएको छ ।
२०७२ सालको कात्तिक २४ गते काठमाडौं क्षेत्रपाटीको चाक्सीबारीमा जन्मिएका सिंह बाल्यकालदेखि नै फरक विद्रोह स्वाभावका कारण वर्षको एक दिन भए पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा उनले खेलेको महत्वपूूर्ण योगदानका विषयमा संस्मरण गर्ने अवसर प्राप्त भएको हो । नव काँग्रेसीहरुका लागि उनी आफुले पद प्राप्तिका लागि कहिल्यै आशक्त नभएको भन्दा पत्यारै नलाग्न सक्दछ भने केहीलाई अर्काको योगदानलाई स्मरण गर्दा लाजले शिर झुकेको पनि छ । २०४८ सालको निर्वाचनपछि गिरिजा प्रसाद कोइरालासँग मतभेद बढ्दै गयो । २०५१ सालको मध्यवधी निर्वाचनका समयमा उनले देश व्यापीरुपमा जन जागरण अभियान नै सञ्चालन गरेका काँग्रेसका आधिकारीक उमेदवारका विरुद्धमा पनि लागे । उनले त्यसो किन गरे भनेर पार्टीका सभापति गिरिजा प्रसाद कोइराला कहिल्यै खोजी नीति नै नगरेको सत्य तथ्य हो । त्यसै प्रकरणदेखि उनको पार्टीसँग दुरी बढ्यो । त्यसको मुल कुरा के थियो भने २०४८ सालमा मन्त्री परिषद् समावेशी भएन भन्ने थियो । उनको सुझावलाई कोइरालाले लत्याएका कारण गिरिजाले घोषणा गरेको मध्यवति निर्वाचनको विपक्षमा उभिए ।
एउटा जमात तयार गर्न कोइरालाको कार्य शैली प्रति देश व्यापी जागरणको नाममा कार्यकर्तालाई संगठीत र संस्थागत गरेका थिए । त्यसै क्रममा पाल्पाको नेतृत्व हाल माथगढी गाउपालिका रुप्सेका बुद्धीराज काप्लेले गरेका थिए । परन्तुमा जनजागरण अभियानले मध्यवधि निर्वाचनमा कोइरालालाई नराम्रोसँग धक्का लाग्न पुगेको थियो । २०४८ सालमा आफ्ना छोरा प्रकाशमान सिंह र पत्नी मंगलादेवीलाई काठमाडौंबाट उठाएको हो त्यहाँ उनको सबै भन्दा कमजोर पक्ष थियो । उनी आफै उठेको भए उनको पक्षमा जनलहर आउने थियो । नेपालमा राणा शासन विरुद्धको आन्दोलनमा उनको शशक्त भूमिका रहेको छ । राणाकालिन समयमा हो आन्दोलनकारी भयो भनेर उनलाई जेल हालियो कठोर यातना दिइयो । उनी जेल तोडेर भारततिर लागे । भारतमा उनको विपिसँग भेट भयो । उनी नेपालको पहिलो पार्टी मानिने प्रजापरिषदको सदस्य पनि थिए । २००३ साल पछि उनको विपिसँग सम्बन्ध बढ्दै जाँदा काँग्रेस पार्टी जन्माउने बढाउने काममा लागेका सिंह सभापति बन्ने दौडमा कहिल्यै पनि लागेनन् । यो कुरालाई काँग्रेसका कार्यकर्ताहरुले सिक्नु पर्दछ । २०१५ सालको निर्वाचनपछि विपि कोइरालाको नेतृत्वमा गठित मन्त्री परिषदको उनी सदस्य पनि थिए । २०१७ सालमा महेन्द्रले संसदिय व्यवस्था अपहरण गरेपछि उनी करिव आठ वर्ष जेल जीवन विताएपछि भारत गएका थिए । २०३३ सालमा राष्ट्रिय मेलामिलापको नीति लिएर विपिसँग काठमाडांै आउँदा तत्कालिन पञ्चायती व्यवस्थाको विरोध गरेको भन्दै दर्जनौ मुद्धा लगाएको भए पनि आठ वटा मुद्धामा विशेष अदालतबाट उनले सफाइ पाए पनि व्यवस्थाको विरुद्धमा आन्दोलित नै भए । तत्कालिन समयमा नेपालका कम्युनिष्टहरुले गरेको प्रसार–प्रचारमा उनीको गहिरोसँग चित्त दुखे पनि सबै बिर्सीए । नीति भन्दा नेतृत्वका कारण छिया–छिया भएका नेपाल कम्युनिष्टहरु लाई एकक्रित गरेर काँग्रेसको नेतृत्वमा पञ्चायती व्यवस्थाको विरुद्धमा जनआन्दोलित गर्ने उद्घोष गरेका गणेशमान सिंह नै हुन् । रानजैतिक रुपमा पन छिमेकी मुलुक भारतका राजनैतिक दलका नेतासँग राम्रो सम्बन्ध थियो । उनले आफ्नै घर चाक्सीबारीमा देशभरका कार्यकर्ता मात्र होइन विदेशी नेताहरु पनि भेला गराउन सफल भएका थिए । २०४६ साल फागुन ७ गतेबाट देशव्यापी रुपमा जन आन्दोलन सिंहको नेतृत्वमा भएको थियो । कडा मिजास तथा खरो स्वभावका सिंहलाई पञ्चायत व्यवस्थाको अन्त्य पछि अन्तरिम सरकारको नेतृत्वका लागि राजा विरेन्द्रले गरेको आग्रह उनले अस्विार गरेका थिए । राजा विरेन्द्रले उनलाई आन्तरिक सरकारको नेतृत्व गर्न भनेका थिए तर उनले आफु नभई कृष्ण प्रसाद भट्टराईको नाम लिए । समकालिन भट्टराईलाई अन्तरिम सरकारको नेतृत्व दिलाए । यस्तो त्याग भन्ने कुरा उहाँबाट काँग्रेसले सिक्नु पर्दछ ।
सिंहले राणा र राजाका निरकुंशता व्यवस्थालाई कहिल्यै पनि स्विकार नगरेका कारण उनको योगदानको सम्झना चिरकालसम्म रहन पुग्यो । स्वार्थी भ्रष्ट मनोवृत्तिका काँग्रेसका कार्यकर्ताहरुलाई गणेशमानका आशुले भतभती पोलिरहने छ । इतिहास जानेका र बुझेका काँगे्रसका कार्यकर्ताहरु पनि छन् तर बहुसख्याक रुपमा भ्रष्ट मनोवृत्तिको जमात बढि नै छ । गणेसमान, सुर्वण समशेरलाई राम्रोसँग चिन्न जान्न नसक्ने आज काँग्रेसका कार्यकर्ता भएका छन् । काँग्रेस कार्यकर्ताले गणेशमान सिंहको जस्तो त्याग आज काँग्रेस पार्टी भित्र देखिदैन । गणेसमानलाई सम्झिन्नेले त्याग गर्न पनि सिक्नु पर्दछ । अन्यथा गणेशमान सिहको आशुले नराम्रोसँग पोल्ने छ ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)