Shittalpati
रैनादेवी छहराको कोरोना राहत कोषमा व्यवसायी र क्याम्पसको सहयोग

पाल्पा, (छहरा) जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको कोरोना विपद् कोषमा व्यवसायी र केही शैक्षिक संघ संस्थाहरुले सहयोग गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रैनादेवी छहरा भित्रका व्यवसायी र भैरव बहुमुखी क्याम्पसले आर्थिक सहयोग गरेका हुन् ।

कोषमा व्यवसायहरुबाट संकल भएको २५ हजार र भैरव बहुमुखी क्याम्पसका १९ जना शिक्षकहरुबाट एक दिनको तलबबाट संकलन भएको १० हजार नगद उद्योग वाणिज्य संघका सदस्य नित्यानन्द पोखरेल र भैरव बहुमखी क्याम्पसका प्रचार्य खिमराज घिमिरेले गाउँपालिकाका अध्यक्ष राम बहादुर कार्कीलाई हस्तान्तरण गरेका थिए । रकम ग्रहण गर्दै गाउँपालिका अध्यक्ष कार्कीले संघसंस्थाहरुले गरेको सहयोगको प्रशंसा गर्दै उक्त राहत रकम विभेदरहित र पारदर्शी ढङ्गले गरिने बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update