पाल्पा । माथागढी गाउँपालिकाले स्थापना गरेको राहत कोषमा नेपाली कांग्रेस माथागढीले राहत रकम सहयोग गरेको छ । काँग्रेसले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम र राहतमा सहयोग पुर्याउने उद्देश्य राखेर नेपाली काँग्रेस माथागढीले सहयोग गरेको हो ।
गाउँपालिका भित्र रहेका नेपाली काँग्रेसका सदस्यहरुले ६५ हजार ८ सय रुपैयाँ संकलन गरेको रकम नेपाली कांग्रेस माथागढीका संयोजक बालकृष्ण जिसीले गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापालाई रकम हस्तान्तरण गरेका हुन् । संयोजक जिसीले उक्त रकम हस्तान्तरण गर्दै कोरोना रोकथाम, उपचार र राहतमा पारदर्शिता ढङ्गले खर्च गर्न अनुरोध गर्दै सहयोग गर्ने साथीहरुलाई अभार व्यक्त गरेका थिए । गाउँपालिका अध्यक्ष थापाले विपद्का बेलामा काँग्रेसले देखाएको सहयोग सदभावको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका थिए ।