                                                                    पाल्पा, पाल्पा अस्पतालको भौतिक पूर्वाधारको विकासमा आफुहरु प्रतिवद्ध भएर लाग्ने जिल्लाका राजनीतिक दलहरुले बताएका छन् । बुधबार पाल्पा अस्पतालले आयोजना गरेको सर्वदलिय बैंठकमा उनीहरुले स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफुहरु गम्भीर रहेको बताउँदै सरकारी अस्पतालको भौतिक पूर्वधारको विकासमा आफुहरु प्रतिवद्ध रहेको बताएका हुन् ।
संघीय सरकारबाट पाल्पा अस्पतालको भवन निमार्णका लागि १२ कारोड विनियोजन भए पनि जग्गा अभावमा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन् । सरकारी अस्पताल क्षेत्र नजिकै रहेको मोहन कन्या मावि र स्वास्थ्य कार्यालयको जग्गा सट्टा गरी भवन निर्माण गर्ने योजना अस्पतालले अगाडि बढाए पनि सरकारबाट जग्गा प्राप्तिका विषयमा प्रक्रिया अगाडि नबढाई दिदा काम अन्यौल बनेको छ । जग्गा प्राप्तिमा ढिलाई हुदा आएको बजेट समेत फ्रिज भएर जान सक्ने भएकाले त्यसको विकल्प खोजेर जानुपर्नेमा राजनीतिक दलहरुले जोड दिएका छन् । उनीहरुले मोहन कन्या र स्वास्थ्य कार्यालयको जग्गामा मात्र नअल्झि त्यसको अन्य विकल्प खोजिनुपर्ने बताएका छन् ।
 बैंठकमा जिल्ला समन्वयन समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाली काँग्रेसका कार्यवाहक जिल्ला सभापति झपेन्द्र गहिरे, नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादीका जिल्ला अध्यक्ष राजेन्द्र विक, सचिव मथुरा ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, राप्रपाका नेता धुर्व खाती, तानसेन नगरपालिकाका प्रवक्ता यादव सिं कार्की, पत्रकार महासंघका जिल्ला अध्यक्ष रेखीराम राना, उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्की, सदस्य कृष्ण पोखरेल लगायतले  बजेट फ्रिज नहुने गरी तत्काल जग्गाको विकल्प खोज्न आवश्यक रहेको बताए । बैंठकमा उनीहरुले तीन वटा विकल्प अगाडि सारेका छन् । उनीहरुले सारेका विकल्पमा भवन निर्माणका लागि तोकिएको जग्गाको मापदण्ड घटनाउन पहल गर्ने, तानसेन नगरपालिकासँग समन्वय गरी बनदेवीमा बसपार्क निर्माणका लागि छुुट्टाइएको केही जग्गाका लागि पहल गर्ने र मोहन कन्या र स्वास्थ्य कार्यालयको जग्गाको लागि पनि आवश्यक पहल गरिने बताएका छन् । अस्पतालका अध्यक्ष गुँरास आत्रेयले राजनीतिक दल, जनप्रतिनिधि र पत्रकारहरुबाट आएका सुझावहरुलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए ।

                                        -1759997616.jpeg) 