Shittalpati
तिनाउका २ हजार १ सय बढी विपन्न परिवारलाई राहत

पाल्पा । तिनाउ गाउँपालिकाले गाउँपालिका भित्रका २ हजार १ सय ४२ अति विपन्न घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । गाउँपालिकाले वडा–वडा, टोल –टोलमा पुगी निश्चित दुरी कायम गर्दै राहत वितरण गरेको हो । सरकारले लकडाउनको समयमा काम गर्न नपाएकोले विपन्न परिवारमा छाक टार्ने समस्या नहोस् भनी स्थानीय सरकारलाई खाद्यान्य वितरण गर्न आग्रह गरे वमोजिम तिनाउ गाउँपालिकाले वडा–वडामा अति विपन्न परिवारको लगत संकलन गरी खाद्यान्न सामग्री वितरण गरेको हो ।

विपन्न परिवारका लागि २९ लाख ८३ हजार बराबरको राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताए । उनका अनुसार गाउँपालिकाको १० लाख ५० हजार, विभिन्न चुनढुंगा खानीबाट १० लाख ६० हजार, सामुदायिक वन उपभोक्ता समितिहरुबाट ८ लाख २३ हजार, उद्यमी दिनेश रेग्मीबाट ५० हजार गरी २९ लाख ८३ हजार रुपैंया बराबरको राहत सामग्री वितरण गरिएको हो । गाउँपालिकाले पहिलो चरणमा ३ सय ८५ र दोस्रो चरणमा १ हजार ७ सय ५७ विपन्न परिवारमा राहत वितरण गरेको छ । वडा नं. १ मा ६ सय ४३ घरधुरी, वडा नं. २ दोभानमा ४ सय ११, वडा नं. ३ झुम्सामा ३ सय ३१, वडा नं. ४ सत्यवतीमा १ सय ६६, वडा नं. ५ कोल्डाँडामा २ सय ७८,वडा नं. ६ मस्याममा २ सय ८३ घरधुरीलाई राहत वितरण गरेको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update