Shittalpati
नेविसंघ गुल्मीका नेता पन्थीद्वारा कोरोना विपद् कोषमा सहयोग

रमेश विश्वकर्मा
गुल्मी । कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि रेसुङ्गा नगरपालिकाले स्थापना गरेको राहत कोषमा नेपाल विद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति राम प्रसाद पन्थी (राम्जी) ले आर्थिक सहयोग गरेका छन् ।

कोरोना भाइरस (कोभिड(१९) संक्रमणको प्रकोप व्यवस्थापनका लागि नगरपालिकाले स्थापना गरेको उक्त राहत कोषमा विद्यार्थी नेता पन्थीले व्यक्तिगत रुपमा ५१ हजार राहत रकम सहयोग गरेका हुन् । विद्यार्थी नेता पन्थीले रेसुङ्गा नगरापालिकाको कार्यालयमा गई नगर प्रमुख डिल्लीराज भुसाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । कारोना भाइरस (कोभिड–१९) का कारण दैनिक ज्यालादारी गरी जीवनयापन गर्ने, असहाय विपन्न वर्गका समुदाय तथा विपद् व्यवस्थापनमा सहयोग होस् भनेर उक्त राहत रकम सहयोग गरेको विद्यार्थी नेता पन्थीले बताए । उनले जिल्लामा आर्थिक अवस्था कमजोर र अति विपन्न परिवारका विद्यार्थीलाई कापीकलम, किताव, झोला जस्ता शैक्षिक सामग्री वितरण गर्दै आएका छन् । उनले जिल्लामा अति विपन्न र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको सम्पूर्ण जिम्मेवारी आफुले लिने घोषणा समेत गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update