
गुल्मी, जिल्लाको मालिका गाउँपालिकामा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको मालिका –३ पासेखोलास्थित कच्चि सडकमा ह्वाङ्दीका ७० वर्षीय नन्दे विक विहीबार मृत फेला परेका हुन् ।
बुधबार आफ्नो भतिजको घर दर्लिङ गएका विक बुधबार साँझै घर फर्कन हिडेका थिए । लामो समय हुँदा समेत उनी घर नआएपछि आफन्तले खोजतलास गर्ने क्रममा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनका भतिज नरबहादुर विक र भोट विकले खोज्दै जाँदा विहीबार विहान मालिका – ३ पासेखोलास्थित कच्चि सडकदेखि ३ सय मिटर तल मृत अवस्थामा फेला पारेका थिए । विकलाई मृत अवस्थामा देखेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठ र प्रहरी चौकी अर्खवाङ्गका प्रहरी सहायक निरीक्षक यमबहादुर घर्ती सहित प्रहरी अनुसन्धानको टोली घटनास्थल पुगेर थप अनुसन्धान थालेको छ ।