1689154333.jpg) 
                                                                    पाल्पा, जिल्लामा रहेर परिवार नियोजन संघको क्षेत्रमा उल्लेखिय रुपमा काम गर्दै आएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखामा नयाँ नेतृत्व चयन भएको छ । संघको २१ औं साधारण सभा तथा सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
अधिवेशनले सुशिलराज शाक्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । जसको कोषाध्यक्षमा माधव प्रसाद अर्याल रहेका छन् भने महिला सदस्यमा रोजिता श्रेष्ठ, सुमिता श्रेष्ठ, यौनिक कल्पसंख्यकबाट भक्तराज खनाल, विज्ञ सदस्यहरु लक्षिमा ज्ञवाली घिमिरे, कमल बस्याल, सुर्यबहादुर कार्की, युवा सदस्यमा वर्षा पाण्डेय, सृष्टि कंवर, आदित्य पोखरेल निर्विरोध चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत शिवप्रसाद देवकोटाले सपथ गराए भने निवर्तमान अध्यक्ष सुधिरप्रसाद श्रेष्ठले नवनिर्वाचित अध्यक्ष सुशिलराज शाक्यलाई पदवहाली गराएका छन् ।
 
.jpg)
पदाधिकारी र कर्मचारीलाई सम्मान
परिवार नियोजन संघले  साधारण सभा तथा अधिवेशनको अवसरमा पदाधिकारी र कर्मचारीलाई सम्मान समेत गरेको छ । उसले निवर्तमान कार्य समितिका सल्लाहकार चित्रवली राम सुवाल, उपससभापति ज्योति राजभण्डारी, कोषाध्यक्ष कोपिला कार्की, सदस्य शारदा थापा क्षेत्रीलाई संघले सम्मान गरेको थियो । यस्तै संघले शाखा प्रबन्धक सोवाकान्त न्यौपानेलाई उत्कृष्ट कर्मचारीका साथै स्वेच्छिक अवकाश कर्मचारीहरु लेखापाल सोमबहादुर आले, प्रमोटर यामबहादुर कार्की, ल्याब टेक्निसियन महेन्द्र पृथी, कार्यालय सहयोगी गीरबहादुर सिंजालीलाई पनि दीर्घ सेवा सम्मान पत्र सहित सम्मानित गरेको छ ।
 
साधारणसभाको उद्घाटन शत्रमा संघका निवर्तमान सभापति सुधीरप्रसाद श्रेष्ठले शाखाबाट सन् २०२१ का वार्षिक कार्यक्रमहरु परिवार नियोजन साधन वितरण तथा परामर्श सेवा, सुरक्षित मातृत्व सेवा, सुरक्षित गर्भपतन सेवा, प्रयोगशाला सेवाका कार्य भएको बताए । स्वेच्छिक परामर्श तथा परीक्षण सेवा (निशुल्क एच.आई.भी. परीक्षण सेवा ) का साथै २४सै घण्टा एम्बुलेन्स सेवा लाई निरन्तरता प्रदान गरिएको उनले बताए । नेपाल परिवार नियोजन संघले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि नयाँ अवधारणाको विकास तथा विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेका स्वास्थ्य सेवा र सूचनाको पैरवी गर्ने कार्यलाई सधै अग्रणी संस्थाको रुपमा कार्य गर्दै आएको  श्रेष्ठको भनाई छ  ।
 
कार्यक्रममा तानसेन नगरपालिका– ६ का वडाध्यक्ष सागर मान महर्जनले संघले सरकारको स्वास्थ्य सेवामा समपूरकको भूमिका निर्वाह गर्दै आइरहेको र दिगो विकास लक्ष्यले अपेक्षा गरेका लक्ष्य हासिल गर्नमा आईपिपिएफको ४ वटा तत्कालिन उपलब्धि हासिल गर्ने लक्ष्य अनुसार काम गरेको पाइएको बताए । संघले सामाजिक समावेशिकरण, विविधता, उत्सुकता, स्वयमसेवी भावना र जवाफदेहीतालाई अंगिकार गरी कार्यक्रमहरु सञ्चालन गरेको उनले बताए । शाखा सल्लाहकार चित्रवली राम सुवाल, नेपाल नेत्र ज्योति संघ पाल्पा शाखाका सभापति वुद्धीप्रसाद शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला कोषाध्यष मुक्तिप्रसाद न्यौपाने लगायतले परिवार नियोजन संघको सेवामुलक भावनाले प्रेरित गरेको बताए । कार्यक्रममा माधव प्रसाद अर्यालले कोषाध्यक्षको प्रतिबेदन  र शाखाको वार्षिक प्रगति प्रतिवेदन सचिव शुशिल राज शाक्यले पेश गरेका थिए ।


 
                                         
                                        -1759997616.jpeg) 
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    