Shittalpati
दर्छा हरियालीको रामपुर नगरलाई २३ हजार सहयोग

इमान सिं राना

पाल्पा(रामपुर), दर्छा हरियाली साना किसान कृषि सहकारी संस्था रामपुर ३ ले रामपुर नगरपालिकाको कोरोना राहत कोषमा शुक्रबार २३ हजार रकम जम्मा गरेको छ । कोरोना भाइरस संक्रमणबाट जोगाउन घोषणा गरिएको लकडाउन संगै प्रभावित बनेका दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारको राहतका लागि रकम प्रदान गरेको हो ।

सहकारीका कार्यवाहक अध्यक्ष बसन्तराम ठाडा, प्रबन्धक रिता थापा, ऋण तथा धितो उपसमितिका संयोजक गणेश प्रसाद घिमिरे र पशुधन सुरक्षण समितिका संयोजक बालकृष्ण खनालले रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यलाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामहरी पाण्डेय, लेखा अधिकृत रेणुराम ज्ञावली र योजना अधिकृत कपिल बहादुर खाँण लगाएको उपस्थितिमा रकम हस्तान्तरण गरेका हुन् । सहकारीका कार्यवाहक अध्यक्ष ठाडाले संस्थाको निर्णय अनुसार केही भए पनि राहत होस् भन्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताए । सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दै रामपुर नगरपालिकाका नगर उप प्रमुख घिमिरेले नगरपालिकाले दोस्रो चरणको राहत सुरु गर्न लागेको भन्दै श्राजीवि विपन्न वर्गको परिवार कोही पनि नछुट्ने बताईन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update