मालिका गाउँपालिकाले घरमै पुगेर बाड्यो सामाजिक सुरक्षा भत्ता
रमेश विश्वकर्मा
गुल्मी, जिल्लाको मालिका गाउँपालिकाले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लकडाउनका कारण बृद्ध–बृद्धाहरु बैकंसम्म जान सक्ने अवस्था नभएका कारण घरमै गएर सामाजिक दुरी कायम गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए ।
गाउँपालिका भित्रका आठ वटै वडाका बृद्ध–बृद्धाहरुको घरमै पुगेर जनप्रतिनिधि, कर्मचारीहरुले सामाजिक दुरी कायम गरी सामाजिक सुरक्षा वितरण गर्ने कार्य भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । उनका अनुसार करिब तीन करोड २२ लाख रुपैयाँ जति एक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । अहिले वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता दोस्रो चौमासिकको रहेको समेत गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७
प्रतिक्रिया दिनुहोस्